दाईको नाममा ट्रायल दिने भाई पक्राउ

दमौली न्युज
  • ख-
  • ख+

दमौलीः दाईको नाममा ट्रायल दिंदै गरेको अवस्थामा विमलनगरमा प्रहरीले भाईलाई पक्राउ गरेको छ ।


यातायात व्यवस्था कार्यालय विमलनगरमा मोटरसाइकलको प्रयोगात्मक ट्रायल परीक्षा दिंदै गरेको अवस्थामा पक्राउ पर्नेमा भानु ४ का ३० वर्षिय पूर्ण थापा छन् ।


उनले आफ्ना दाजु ३५ वर्षका सुरेश थापाको नाममा परीक्षा दिंदै गर्दा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।

मंगलबार पक्राउ परेका उनलाई किर्ते सम्बन्धी कसुरमा अनुसन्धानका लागि
तनहुँ जिल्ला अदालतबाट बुधबार पाँच दिन म्याद लिएर अनुसन्धान गैरहेको उनले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी