तनहुँ उद्योग वाणिज्य संघ अधिवेशनः सबै पदमा सर्वसम्मत

दमौली न्युज
  • ख-
  • ख+

दमौलीः तनहुँ उद्योग वाणिज्य संघले अन्ततः सबै पदमा सहमति जुटाएको छ । नयाँ नेतृत्वका लागि यसअघि नै अध्यक्षसहित शीर्ष पदमा सहमति जुटाएको संघले बाँकी पदमा समेत सहमति जुटाएको हो ।


संघका पूर्व अध्यक्षहरुको सक्रियतामा यसअघि नै अध्यक्षमा वैकुण्ठनाथ मिश्र सर्वसम्मत भएका थिए । उनीसँगै आगामी नेतृत्व सम्हाल्ने गरी वरिष्ठ उपाध्यक्षमा इमकुमार मल्ल तथा कोषाध्यक्षमा भीमलाल श्रेष्ठ सर्वसम्मत भएका थिए ।


बुधबार साँझ आकांक्षीहरुले सहमति जनाएपछि सहमति हुन बाँकी प्रथम उपाध्यक्षमा कुमार मल्ल तथा द्वितीय उपाध्यक्षमा दिनेशकुमार श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् ।


सदस्यमा पनि सहमति जुटेको छ । भावी महासचिवमा हालकै महासचिव सुबोध अधिकारीलाई निरन्तरता दिने सहमति जनाएको बताइएको छ ।


बाँकी आकांक्षीलाईसमेत सम्बोधन गर्ने गरी सहमति जुटाइएको एक पूर्व अध्यक्षले बताए । प्रथम उपाध्यक्षमा सुरेश पुरी र राजकुमार श्रेष्ठ राकु तथा द्वितिय उपाध्यक्षमा शकुन्तला आलेले उम्मेदवारी दिएका थिए । सहमति नजुटेमा मतदानको तयारी थियो ।
यससँगै लामो समयपछि संघको सबै पदमा सर्वसम्मति जुटेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी