पोखरेलको निधनमा सभापति देउवाको शोक

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौंः प्रजातन्त्र सेनानी स्व. गोवर्धन शर्मा पोखरेलकी धर्मपत्नी महिला नेतृ द्रौपदा शर्मा पोखरेलको १०१ वर्षको उमेरमा मंगलबार भएको निधनप्रति नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ ।


पार्टी सचिव कृष्णप्रसाद पौडेलद्वार जारी विज्ञप्तिमा पोखरेलको निधनप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेको उल्लेख छ ।


नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा स्वर्गीय पोखरेलको परिवारजनले पु¥याउएको योगदानको स्मरण गर्दै सभापति देउवाले द्रौपदा शर्मा पोखरेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको भन्दै विज्ञप्तिमा दिवंगत आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेको उल्लेख छ ।


नेपाली कांग्रेसको संगठन विस्तार, राणा शासन तथा पञ्चायती व्यवस्थाको अन्त्य र लोकतन्त्र प्राप्तिका लागि भएका हरेक संघर्षमा स्वर्गीय गोवर्धन शर्मा पोखरेल र उहाँकी धर्मपत्नीले पु¥याउनु भएको योगदान इतिहासमा सदा स्मरणीय रहने कांग्रेस सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी शोक विज्ञप्तिमा छ ।

विज्ञप्तिमा स्वर्गीय पोखरेलले पार्टीका साथीहरुलाई सदैव देश र आम नागरिकको हितमा समर्पित रहन प्रेरणा दिदै आउनु भएको थियो । उहाँको निधनबाट नेपाली कांग्रेसले एक अग्रज महिला नेतृलाई गुमाएको उल्लेख छ ।

स्वर्गीय पोखरेलको पार्थिव शरिरमा पार्टी महामन्त्री गगन थापाले पार्टी झण्डा ओढाउँदै अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी