बन्दीपुरको विकासमा सघाउने राष्ट्रपतिको प्रतिबद्धता

दमौली न्युज
  • ख-
  • ख+

बन्दीपुरः बन्दीपुर गाउँपालिकाको विकासका लागि सघाउने राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिवद्धता जनाएका छन् ।

शुक्रबार बिहान भएको भेटमा राष्ट्रपतिले रिङरोडको कालोपत्रेसहितका विकासे योजनामा सघाउने आश्वासन दिएको अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए ।


कांग्रेस नेता रेशम गुरुङको सक्रियतामा भएको भेटका क्रममा राष्ट्रपतिबाट बन्दीपुर अस्पतालमा आङ खस्ने रोगको उपचार केन्द्र र चेस्ट सेन्टर स्थापना, बन्दीपुर–झारगाउँ–धरमपानी सडक योजना कालोपत्रेसँगै धरमपानी देखि ग्याजाटार झोलुङ्गेपुल निर्माणका लागि पनि सघाउने आश्वासन प्राप्त भएको अध्यक्ष थापाले बताए ।


गाउँपालिकाका जनप्रतिनिधिसहितको भेटमा राष्ट्रपतिले बन्दीपुरको विकासका लागि आफूले सक्दो सघाउने बताएको भेटमा सहभागी नेता गुरुङले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी