राष्ट्रपतिको चिन्ताः विकास आउने तर गाउँ रित्तिने त होइन ?

दमौली न्युज
  • ख-
  • ख+

सम्मानजनक रोजगारी र आम्दानी नहुँदा गाउँ रित्तिन लाग्योः राष्ट्रपति
भानुः
राष्ट्रपति रामचन्द्र पौडेलले विकास आउने तर त्यसको उपभोग गर्न गाउँमा कोही नहुने अवस्था आउन लागेको भन्दै चिन्ता प्रकट गरेका छन् ।


तनहुँको भानु नगरपालिकास्थित पूर्कोट माविको शतवार्षिकीलाई सम्बोधन गर्दै उनले भने,‘अबका दुईचार वर्षमा यी सबै गाँउहरूमा कालोपत्रे सडक पु¥याउन हामी लागेका छौं । म भन्छु, त्यो पनि पूरा गरिन्छ । तर, समस्या उही हो, त्यो सुविधा उपभोग गर्ने मान्छे गाँउमा कोही रहने हुन कि हैनन् ?’


किन यस्तो भैरहेको छ भनेर आफैसँग प्रश्न गरिरहेको पनि उनले बताए । ‘विदेश मोहले लठ्ठिएका हामी आफ्नै नाभीको सुगन्ध खोज्दै भीरभीरै भांैतारिने हाम्रो हालत छ । आखिर किन भयो यस्तो ? यो प्रश्न म आफैसँग गरिरहेको छु । उत्तर पनि म सँगै छ । गाऊँमा सवैथोक पुग्यो तर “सम्मानजनक रोजगारी र आम्दानी” को अवस्था बनेन ।’


तनहुँमै जन्मेर लामो समय राजनीति गरेका पौडेलले भने ‘अहिले यहाँ पढ्ने र पढाउने दुवैथरि मेरा प्रशंसाका पात्र हुनुहुन्छ । यहाँ पढेर राम्रो शिक्षा हासिल गरिसकेपछि धेरैजसो शहर पस्नुभो । उतै बस्नु भयो । गाऊँको समस्या यही हो । अब आज देशको समस्या प्रतिभा पलायन, श्रम शक्तिको पलायन – मुलुकले भोगिरहेको समस्यामध्ये सबैभन्दा जटिल छ ।’

राष्ट्रपति पौडेलले आफूले पहिलोचोटी चुनाव लड्दा २०४८ सालमा वरभञ्ज्याङको डाँडोमा उभिएर “गाउँबाट अस्थीर भएको मनलाई गाउँमै आधुनिक सेवा र सुविधा ल्याएर त्यहीं बसौं बसौं बनाउँंछु’’ भनेको स्मरण गर्दै आफूले ग्रामीण स्वावलम्बनअन्र्तगत मोटर गाडी र स्वास्थ्य चौकी अनि सातौं विद्युतीकरणको खाका लिएर त्यहाँ पुगेको र अहिले सबै गाऊँमा बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थ्य र सञ्चार पुगेको बताए ।

राष्ट्रपतिमा निर्वाचित भएपछि दोश्रो पटक गृहजिल्ला पुग्नुभएको राष्ट्रपति पौडेलले आफूले बैदी – छिपछिपेको डाँडा र मादी सेती काली किनारमा उभिएर देशको समृद्धिका मुख्य आधार – कृषि क्रान्ति, पर्यटनको विस्तार र ऊर्जा शक्तिको प्रचुर विकास भएको र यसका लागि लागि पहिलो खाँचो सुशासनको भएको बताउँदै आएको स्मरण गर्दै आफू त्यही एजेण्डामा आज पनि उभिएको जिकिर गरे ।


केही महिनाकै अवधिमा गृहजिल्ला आएका पौडेल सहभागी कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे पनि सहभागी थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी