नेपाल पुस्तक तथा स्टेशनरी महासंघ तनहुँकाे अध्यक्षमा , रामचन्द्र सापकोटा

दमौली न्युज
  • ख-
  • ख+

दमौली : नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ जिल्ला कार्यसमिति तनहुँ शाखाको नवौ वार्षिक साधारण सभा एवम् पाँचौ अधिवेशन शनिबार दमौलीमा सम्पन्न भएको छ ।

अधिवेशनले रामचन्द्र सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको हो। महासंघको प्रथम उपाध्यक्षमा रामकृष्ण न्यौपाने, द्वितीय उपाध्यक्षमा हरि बहादुर कार्की,सचिवमा कमल गैरे,सह सचिवमा सुन्दरमणी अधिकारी र कोषाध्यक्षमा सुरज बुढाथोकी रहेका छन् ।

त्यसै गरी सदस्यहरूमा सरद गैरे, हरिवंश वाग्ले,अजय श्रेष्ठ, पुण्य प्रसाद भट्टराई र साबित्रा रानाभाट रहेका छन्।पदाधिकारी सँगै समितिमा ११जना सदस्यहरू चयन भएको र बाँकी २ जना सदस्यहरू समितिकाे बैठकले मनाेनित गर्ने गरी समिति बनेको छ ।

कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष लिलाराज गौतमको प्रमुख अतिथिमा भएको सो कार्यक्रम शिव पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी