तनहुँको परेवाडाँडामा वस दुर्घटना, १५ जना घाईते

दमौली न्युज
  • ख-
  • ख+

दमौली : तनहुँको व्यास नगरपालिका वडा नं १० परेवाडाँडामा दिउसो करिव १२ः३० बजे भएको बस दुर्घटनामा परी १५ जना यात्रु घाईते भएका छन् । दमौली बाट लमजुङ तर्फ जार्दै गरेको ना ६ ख ५४६९ नं.को बस अनियन्त्रित भई सडकबाट करिव १० मिटर तल खस्न गई वस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा परि घाइते हुने व्यास नगरपालिका–५ निवासी २१ बर्षकी अन्जना थापा,व्यास–७ बस्ने बर्ष ५४ को अर्जुन थापा,व्यास–१० निवासी ४७ बर्षकी पार्वती बि.क र व्यास–९ बस्ने बर्ष ४५ का सुक बहादुर गुरुङ घाइते भएका छन् । त्यसैगरी,व्यास– १० निवासी ४५ बर्षकी शान्ती सुनार,सोही वडाकी ३६ बर्षकी ईन्द्रकला आचार्य,व्यास–८ बस्ने बर्ष ५५ की सिता पौडेल,सोही वडाका ४५ की साबित्री पौडेल र ५ बर्षकी युबिषा पौडेल घाइते भएका छन् ।

त्यसै गरी,भानु नगरपालिका– ११ बस्ने बर्ष ५३ का याम बहादुर गुरुङ,सोही वडाका ६३ बर्षका मिन बहादुर गुरुङ,नवलपुर जिल्ला बौदीकाली–९ बस्ने बर्ष ५५ को सन्तलाल रजवाल,कास्की रुपा गाउँपालिका–३ बस्ने बर्ष २२ की निशा खत्री भुजेल,सोही वडा निवासी दिब्यान्सी भुजेल र सहचालक जिल्ला लम्जुङ मध्य नेपाल नगरपालिका–१ बस्ने बर्ष १८ को बिकास थापा घाइते भएका छन् ।


दुर्घटनामा परि घाईते भएका १५ जनाको दमौली स्थित रत्नहरी अस्पतालमा उपचार हुनुका साथै घटनाको विषयमा थप अनुसन्धान भईरहेको पनि जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी