नदीजन्य पदार्थ उत्खनन् गर्ने २ ओटा ट्याक्टर नियन्त्रणमा

दमौली न्युज
  • ख-
  • ख+

नियन्त्रणमा लिइएको ट्रयाक्टर

ऋषिङ्ग :अवैध ढंगले कालीगण्डकी नदीको गिट्टी बालुवा चोरी निकासी गर्दै गर्दा इलाका प्रहरी चौकी ऋषिङ्गको टोलीले २ ओटा ट्रयाक्टर नियन्त्रमा लिएको छ । बुधबार दिउँसो कालीगण्डकी नदीमा गिट्टी बालुवा उत्खनन गरी ट्रयाक्टरमा लोड गर्दै गर्दा ऋषिङ्ग गाउँपालिका -५ को रुपटार घाटबाट नियन्त्रणमा लिएको ऋषिङ्ग प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक ध्रुव बहादुर बोहोराले जानकारी दिए ।

ऋषिङ्ग गाउँपालिकाको विशेष निर्देशन बमोजिम नदीजन्य सामग्रीको अवैध उत्खनन् र चोरी रोक्नका लागि प्रहरी प्रशासनलाई निर्देशन दिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले जानकारी दिए ।

नदीजन्य सामग्री उत्खनन् तथा ओसापसारमा संलग्न २ ट्रयाक्टरलाई गाउँपालिकाले नियन्त्रण लिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी