युरोप महिला संयोजकमा गीताको उम्मेदवारी

दमौली न्युज
  • ख-
  • ख+

फ्रान्स : गैरआवासीय नेपाली संघ एनआरएनए निर्वाचनअन्र्तगत युरोप महिला संयोजकमा गीता खनाल थापाले उम्मेदवारी घोषणा गरेकी छन् ।

एनआरएनए डेको दिन पारेर एनआरएनए फ्रान्सकी निवर्तमान अध्यक्ष थापाले उम्मेदवारी घोषणा गरेकी हुन् ।


एनआरएनए फ्रान्सको नेतृत्वमा रहँदा युक्रेनका नेपालीको उद्धार, राहतसँगै नेपाली भाषा र संस्कृतिको संरक्षणमा सक्रिय थापा युरोपका नेपालीको समस्या समाधानमासमेत सक्रिय रहँदै आएकी छन् ।

युरोपभरका महिलाहरुको क्षमता विकास र समस्या समाधानमा भूमिका खेल्न उम्मेदवारी दिएको बताइन् । ‘फ्रान्सको एनआरएनए अध्यक्ष रहँदा युरोपभरका समस्या बुझ्ने अवसर पाएको छु,’ उनले भनिन्,‘नेतृत्वदायी ठाउँमा पुगेर समस्या समाधानमा पहल गर्न उम्मेदवारी दिएको छु ।’ उनले आफ्ना लागि साथ दिन सबै अग्रज तथा एनआरएनका सहयात्रीहरुसँग अपिलसमेत गरेकी छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी