गैरआवासीय नागरिकताको बाटो खुलेको छ, वंशज नागरिकताको निरन्तरताका लागि लाग्छौं : महासचिव पौडेल

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौं : गैरआवासीय नेपाली संघका महासचिव डा. केशव पौडेलले गैरआवासीय नागरिकता पाउने व्यवहारिक बाटो खुलेको भन्दै गैरआवासीय नेपालीहरुमा बधाई ज्ञापन गरेका छन् ।

गत बिहिबार सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै गैरआवासीय नेपाली नागरिकता प्राप्तिको नियमावली सार्वजनिक गरेको छ ।
महासचिव पौडेलले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यो उपलब्धिका लागि समस्त हामी एनआरएनहरूमा बधाई र खुशी बाँढ्न चाहन्छु ।’


उनले गैरआवासीय नेपाली नागरिकता प्राप्तिको यस अभियानमा लाग्ने राजनीतिकर्मी, संघका नेतृत्व तथा अभियन्ताहरुमा पनि आभार प्रकट गरेका छन् ।

‘अहिले प्राप्त भएको नागरिकताको माग नैं हाम्रो अन्तिम आवश्यकता को माग नभएपनि प्राप्त उपलब्धिहरुको रक्षा गर्दै वंशजको नागरिकताको निरन्तरता लगायत नेपाली नागरिक सरहको अधिकारका लागि हाम्रो प्रयास भने जारी राख्नुपर्ने आवश्यकता रहेको छ,’ उनले भनेका छन् ।

११ औं महाधिवेशनका लागि उपाध्यक्षमा उम्मेदवारी दिएका डा. पौडेल हाल विभिन्न मूलुकका गैरआवासीय नेपालीसँग अन्र्तक्रियामा छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी