एनआरएनए अधिवेशनः एक कदम पछि हटेर दुई कदम अघि बढौं – महासचिव पौडेल

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौं : गैरआवासीय नेपाली संघ एनआरएनएका महासचिव डा. केशव पौडेलले आसन्न अधिवेशनमा सहमतिको साझा नेतृत्व चयनमा लाग्न जोड दिएका छन् ।

विश्वभरका नेपालीले आशा गरेको संस्था भन्दै उनले एउटै पदमा धेरैको आकर्षणले यसको गरिमा उचो भएको प्रमाण दिएको बताए । ‘अहिले धेरै साथीहरुको आकांक्षा देखिएको छ,’ जनसम्पर्क समितिले विश्वभरका एनआरएनए अगुवाका लागि गरेको अन्र्तक्रियामा बोल्दै उनले भने,‘केही कमजोरीले साख गिरेको संस्थालाई साझा र बलियो बनाउने नेतृत्व आवश्यक छ ।’


यसपाली बलियो नेतृत्व चयन गर्ने अवसर सिर्जना हुन्छ भनेर एक महिना पहिल्यै आकांक्षीहरुबीच सहमति कायम गर्न आफू अध्यक्षको दौडमा त्याग गरेको भन्दै उनले सहमतिका साथ अरु पदहरुमा पनि जनसम्पर्कका साझा उम्मेदवार आउने विश्वास व्यक्त गरे ।


अध्यक्षको दौडमा रहेका डा. पौडेलले महेश श्रेष्ठलाई सघाउँदै आफू उपाध्यक्षमा लड्ने योजना बनाएका छन् । उनले सबै पक्षलाई समेटेर नेतृत्व अघि बढ्ने भन्दै आफ्नो यसमा पहल रहने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी