एनआरएनएको उम्मेदवारमा प्रजातान्त्रिक पक्षधरबाट पौडेलको सम्भावना बलियो

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौंः गैर आवासीय नेपालीहरुको छाता संंस्था एनआरएनएको आसन्न निर्वाचनका लागि प्रजातान्त्रिक पक्षधरले उम्मेदवारको दौडधुप बढाएका छन् ।

नेपाली कांग्रेसनिकट अधिकांश मतदाता र आकांक्षीकाबीच यसपाली प्रजातन्त्रवादी पक्षधरबाट हालका महासचिव डा. केशव पौडेलले अध्यक्षमा उम्मेदवारी दिने करिब सहमति बनेको छ ।

हाल राजधानीमा रहेका पौडेलले नेपाली कांग्रेसका उप सभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापासँगै प्रवक्ता प्रकाशशरण महतलगायतसँग भेट तथा संवाद गरेका छन् । प्रजातान्त्रिक पक्षबाट अरु पनि आकांक्षी रह्े पनि विगतमा संस्थामा रहेर लामो समयदेखि खेलेको भूमिकाका कारण कांग्रेस नेतृत्व प्रजातान्त्रिक समूहबाट पौडेललाई टिकट दिने योजनामा छ ।

‘यसपाली हाम्रो समूहबाट एक जना मात्र दावेदार हुनेछन्,’ कांग्रेसका एक केन्द्रीय नेताले भने, ‘डा. केशव पौडेललाई साझा उम्मेदवार बनाउने तयारी छ । ‘ यसमा अर्का आकांक्षी हालका उपाध्यक्ष जापानका महेश श्रेष्ठलाई पौडेलकै टिममा राख्ने गरी साझा उम्मेदवार टुंग्याउने ती नेताले बताए ।

भेटका क्रममा पौडेलको दावेदारीलाई कुनै समय आफ्नो कार्य समितिका सहयात्री महामन्त्रीद्वय र प्रवक्ता महतदेखि उपसभापति खड्कासमेतले समर्थन गरेका छन् । यसैगरी माओवादी नेता एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलेसमेत सत्ता गठबन्धनबाट साझा उम्मेवदवार बनाउने भन्दै पौडेललाई शुभकामना दिएका छन् । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी