प्रेस युनियन तनहुँको नयाँ कार्यसमितिका पदाधिकारीहरुको पदस्थापन तथा सुभकामना आदानप्रदान सम्मपन्न

दमौली न्युज
  • ख-
  • ख+

दमौली
प्रेस युनियन तनहुँले ३२ औं प्रेस युनियन स्थापना दिवसको शुभकामना आदान प्रदान तथा नव निर्वाचित पदाधिकारीहरुको पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ । नव निर्वाचित अध्यक्ष शेख हनिफ गोरा मियाको सभापतित्वमा संचालित कार्यक्रम नेपाली कांग्रेस तनहुँका निवर्तमान सभापती एवम ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठनाथ न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै यूनियनका पूर्व अध्यक्ष प्रदिप पौडेलले लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि शशक्त रुपमा कलम चलाएको प्रेस युनियनले आगामी दिनमा पनि राष्ट्रीयता, लोकतन्त्र र नागरिक हकका निम्ति आवाज उठाउनुपर्ने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस तनहुँका उप सभापति देव कुमार श्रेष्ठले नागरिक हकका निम्ति लडेका अग्रजहरुको मार्ग अवलम्बन गर्दै देशमा तथा परदेशमा बसेर मुलुकका लागि योगदान दिने नेपालिहरुका आवाजलाई राज्यसम्म पुर्‍याउने पुलको रुपमा प्रेस युनियन लाग्नपर्ने बताउए । श्रेष्ठले देश जसले र जसरी चलाए पनि प्रेस स्वतन्त्रता आवश्यक रहेको बताए । अर्थ क्षेत्रमा पत्रकारिताको ठूलो र महत्वपूर्ण भूमिका रहेको छ उनले भने । आगामी चुनाव होस् या अन्य क्षेत्रमा सञ्चार क्षेत्रको विशेष हात रहेको
छ उनले भने ।

प्रमुख अतिथि बैकुण्ठ न्यौपानेले सत्तालाई सहि मार्गमा डोर्‍याउने पत्रकारिता क्षेत्र नागरिकका आवाजहरुको प्रतिनिधि हुने भएको हुँदा राज्यको चौथो अंगको रुपमा परिभाषित रहेको र लोकतन्त्रको पक्षमा दशकौंदेखी लडिरहेको नेपाली कांग्रेसको चारतारा मध्ये एक तारा प्रेस स्वतन्त्रता रहेकोले स्वतन्त्र र न्यायपुर्णरुपमा प्रेस युनियन तनहुँ लाग्ने पुर्ण बिश्वास ब्यक्त गरे । लोकतन्त्र समय अनुसार परिवर्तन र गतिशील रूपमा अगाडि बढेको बताए । संघीय सरकारले गरे झैं स्थानिय निकायले पनि विशेष कार्यविधि मार्फत सहयोग कार्यक्रम ल्याने बताए । लोकतन्त्रको पक्षमा लडिरहेको नेपाली कांग्रेस र प्रेस युनियन कहीं कतै विचलित नभई अगाडि बढ्नु पर्नेछ उनले भने । कार्यक्रममा नेपाल प्रेस युनियन तनहुँका पूर्व अध्यक्ष तथा पदाधिकारी, शुभेच्छुक र अन्य सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी