तनहुँमा बिकासकाे `ब` पनि नगरेका, उम्मेदवार बन्न आएका छन् – कांग्रेस उम्मेदवार भट्टराई

दमौली न्युज
  • ख-
  • ख+

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार भट्टराई

वैशाख, १, दमौली ।
नेपाली कांग्रेस सहितको बाम गठवन्धन तनहुँ १ का उम्मेदवार गाेविन्द भट्टराईले तनहुँमा बिकासकाे ब पनि नगरेका मान्छेहरू उम्मेदवार बन्न आएकाे बताएका छन् । सुक्रवार आफ्नै जन्मस्थान नजिक कालवारिमा स्थानीयकाे बाक्लो उपस्थितिका बिच भएको कार्यक्रममा भट्टराईले काङ्ग्रेसले बनाएको बाटोमा अन्य टुरिष्ट उम्मेदवार हरू भाेट माग्दै हिँडेको बताए । हामीलाई यहाँको ठाउँ , यहाँको बाटो तथा जनताको समस्याको बारेमा सबै राम्रोसँग थाहा भएको तर आयातित उम्मेदवारहरूलाई त्यसबारेमा थाहा नभएर साेध्दै हिड्न परिरहेको भट्टराईले बताए । म यहि ठाउँमा जन्मे हुर्केको हुँदा काङ्ग्रेस लगायतका गठवन्धनकाे मात्रै हाेइन सबै पार्टीको भाेट अाउने बिस्वास अाँफुले लिएको उनको भनाइ थियो । बिकासमा भेदभाव गर्दिन मलाई पनि याे पार्टी त्यो पार्टी भनेर भेदभाव नगरि सबैले भाेट हालेर जिताइदिनुस भट्टराईले भने ।

दिदिबहिनी हरूले अब खानेपानीको लागि डाेकाे बाेक्न नपर्ने गरि घर घरमै पानी ल्याउन अभियान नै चलाएको र करिब ५ दर्जन याेजनाहरू सम्पन्न भैसकेको उनलेे बताए । बेसिकाे पानी गाउँमा लगेर खुवाउन हाेस या अन्य ठुलो याेजनाहरू काे काममा हाेस जनताको कामका फाइल लिएर मन्त्रालय धाउने गरेको उनले बताए ।

कमलबारी आमा समुहकी अध्यक्ष सान्नानि पाण्डेको अध्यक्षतामा भएको नयाँ वर्षकाे शुभकामना आदानप्रदान तथा उम्मेदवार भेटघाट कार्यक्रममा बैकुण्ठ नाथ न्याैपाने , शान्तिरमण वाग्ले , रामचन्द्र पाेख्रेल , पुर्व मन्त्री डाेवाटे वि क , व्यास नगर सभापति सुर्यचन्द्र हड्खले , सिर्जना कैनि , गिता नहर्कि, टेकराज पन्त , सुवास कैनि , कल्पना सुर्खालि , चन्द्रबहादुर बि क लगायतले उम्मेदवार भट्टराईलाई जिताउनुपर्ने बताएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी