सुप्रिमको अध्यक्षमा मनोज अधिकारी सर्वसम्मत

  • ख-
  • ख+

थर्पुः सुप्रिम सहकारीको १५ औँ वार्षिक साधारणसभा तथा सातौं अधिवेशन सोमबार थर्पुमा सम्पन्न भएको छ । अधिवेशनले मनोज अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।


समितिको उपाध्यक्षमा भीमलाल श्रेष्ठ , सचिवमा विकासराज खनाल, कोषाध्यक्षमा छविलाल श्रेष्ठ चयन भएका छन् । यस्तै समितिको सदस्यहरूमा विकास खनाल, सु. विष्णुबहादुर थापा, सीता घिमिरे, गिता थापा, खमबहादुर नेपाली, केशवराज घिमिरे, कृष्णकुमार श्रेष्ठ चयन भएका छन् ।


यस्तै लेखा समितिको संयोजकमा केशवराज अधिकारी र सदस्यमा बिजयराज खनाल तथा दधिराज घिमिरे चयन भएको निर्वाचन संयोजक रविराज खनालले बताए । निर्वाचनका लागि रविराज खनालको संयोजकत्वमा सन्देश अधिकारी र पदमबहादुर खत्री गरि तीन सदस्यीय टिम गठन भएको थियो ।


कार्यक्रमको उद्घाटन गर्दै सहकारीका संस्थापक अध्यक्ष एवम् सल्लाहकार मुरलिमोहन काफ्लेले सुप्रिम सहकारी समुदायमा आधारित संस्था रहेको बताए । देशमा कैयौं सहकारी पैसा खाएर भागेका भन्दै प्रमुख अतिथि काफ्लेले नकारात्मक प्रवृत्ति सुप्रिम सहकारीमा नभएको र यहाँका सेयर सदस्यहरू ईमानदार भएकोले ढुक्क भएर बचत तथा अन्य कारोवार गर्न आग्रह गरे । सेयर सदस्यहरू सबैले आर्थिक कारोबार गर्दा ( कर्जा लिँदा तथा बचत गर्दा ) आफ्नै सहकारीबाट गरेमा मात्रै सहकारी अगाडि बढ्न सहज हुने काफ्लेको भनाइ थियो ।

कार्यक्रममा निबर्तमान अध्यक्ष तेजकुमार मल्लले संस्था सिद्धान्त भन्दा बाहिर गएर , नितिगत कुराहरू पालना नगरेर अगाडि बढ्न खोज्यो भने मात्रै असफल हुने भन्दै तर यो सहकारीले सबै नितिनियम पालना गरि चलेको हुँदा सफल भएको बताए । सञ्चालक समितिले मात्रै होइन प्रत्येक सेयर सदस्यले संस्था प्रति जिम्मेवारी बहन गर्न सकेमा मात्रै सहकारी अगाडि बढ्दै जाने बताए ।अहिले तरलताको अभावले गर्दा सहकारीलाई समस्या आउन सक्ने भन्दै त्यसको लागि सबै मिलेर सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्ने बताए ।

साधारणसभा एवम् अधिवेशन कार्यक्रममा सहकारीलाई योगदान पुर्याउने संस्थापक अध्यक्ष मुरलिमोहन काफ्ले , पुर्व अध्यक्ष तेजकुमार मल्ल , जेस्ठ सदस्यहरू , एसइइ मा सर्बाेत्कृष्ट नम्बर ल्याउने विद्यार्थीलाई , असल ऋणि र असल बचत कर्ता तथा ब्यबस्थापक रमेश श्रेष्ठ लाई सम्मान गरिएको थियो ।

सहकारीका अध्यक्ष हरिबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा मातृभूमि सहकारीका अध्यक्ष हरि खनाल , उपाध्यक्ष मनोज अधिकारी , ऋण समितिका संयोजक भिमलाल श्रेष्ठ , सचिव केशवराज अधिकारी , लेखा संयोजक नारायण बहादुर क्षेत्री , सेयर सदस्य सुर्यमोहन काफ्ले , हुत्तमणि अधिकारी लगायतले सहकारीले खेलेको भुमिकाको बारेमा बोलेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी