न्यु भिजन युथ क्लबको अधिवेशन सम्पन्न, अध्यक्षमा राजिव श्रेष्ठ

  • ख-
  • ख+

म्याग्देः म्याग्दे गाउँपालिका वडा नं २ मा रहेको न्यु भिजन युथ क्लबको चौंथो अधिवेशन जामुनेमा सम्पन्न भएको छ । अधिवेशनले राजीव श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।


समितिको उपाध्यक्षमा सन्तोष श्रेष्ठ ,सचिव–अमिर श्रेष्ठ,,कोषाध्यक्ष–अवजित श्रेष्ठ, ,सह सचिब–मनिशा गुरुङ र सह–कोषाध्यक्षमा विधान रानाभाट चयन भएको क्लबका पुर्व अध्यक्ष सन्दिप रानाभाटले बताए ।

क्लबले विभिन्न संयोजकहरू पनि तोकेको छ । जसअनुसार प्रेस संयोजकमा विमल प्रधान , स्वास्थ्य संयोजकमा सागर रानाभाट , खेलकुदमा विनोद विक , साँस्कृतिकमा निराजन श्रेष्ठ , शिक्षामा नवराज शाही र सरसफाइ संयोजकमा दिपक रानाभाट रहेको क्लबले जनाएको छ ।


यस अघि अधिवेशनको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गरेका थिए । कार्यक्रममा वडा नं २ का अध्यक्ष शिवबहादुर रानाभाट, पूर्व जनप्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।


सोही अवसरमा विभिन्न समयमा क्लबलाई सहयोग गर्ने सात जनालाई सम्मान गरिएको पुर्व अध्यक्ष रानाभाटले बताए । क्लवले जामुने र आसपास विभिन्न सामाजिक कामहरू गर्दै आइरहेको छ

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी