ब्याडमिन्टन प्रतियोगितामा त्रिवेणी ब्याडमिन्टनका राना र श्रेष्ठको समूह प्रथम

  • ख-
  • ख+

खैरेनीटारः कपडा फेन्सी तथा कस्मेटिक व्यवसायिक संघ शुक्लागण्डकीद्वारा आयोजित प्रथम ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा त्रिवेणी ब्याडमिन्टनका शक्ति राना र अमृत श्रेष्ठको समूह प्रथम भएको छ।त्यसै गरि दमौली ब्यासका असीम गुरुङ र विश्वास बि क को समूह द्वितिय भएको छ भने आयोजक टिमका समुन्द्रराम श्रेष्ठ र सुवास श्रेष्ठको समूह एवं ढोर ब्याडमिन्टन क्लबका सुशील थापा र बिश्वास केसीको समूह तृतीय भएको छ ।


२७ प्रतियोगी समुह लाई पछि पार्दै राना र श्रेष्ठको समूह प्रथम भएको स्थानीय समुन्द्रराम श्रेष्ठले बताए । शुक्लागण्डकी कपडा फेन्सी तथा कस्मेटिक व्यवसायी संघका अध्यक्ष बर्मकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा शुक्ला ६ का अध्यक्ष बुद्धिबहादुर थापा संघका उपाध्यक्ष जोशिला थापा तथा महासचिव बुद्धिकुमार श्रेष्ठ सुवास लगायतको सहभागीता रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी