म्याग्दे फेदीटारमा जोखिमः पोल ढल्नै लाग्यो, मर्मत नहुँदा दुर्घटनाको जोखिम

  • ख-
  • ख+

दमौलीः म्याग्दे गाउँपालिका वडा नँ ७ फेदीटारमा बिजुलीको पोल ढल्न लागेको भन्दै स्थानीय चिन्तित भएका छन् ।
लामो समय देखि पोल ढल्ने जोखिम बारेमा सम्बन्धित निकायमा जानकारी गराउँदा पनि सुनुवाइ नभएको भन्दै त्यस क्षेत्रका बासिन्दा अहिले चिन्तित र त्रसित छन् ।

स्थानीय अगुवा श्रीभद्र आचार्यले पुर्ब मन्त्री, पुर्ब सांसद, तत्कालीन प्रदेश सांसद , गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, नो लाइट विद्युत शाखाका प्रमुख लगायत स्थानिय नेताहरु लाई यो विद्युतको पोलको अबस्था बारेमा अवगत गराउँदा पनि ंकहि कतै सुनुवाइ भएर काम नभएको बताए ।
‘गाउँपालिका जाने वाटोमै निकट भविष्यमा ठूलो दुर्घटना हुँदै छ, लाखौको धनजनको क्षति हुदैछ , ११ हजार भोल्टेजको करेन्ट वाट छोईएका ठाउँहरुमा आगलागीको खतरा छ, मरेपछि उपचार हुने मेरो देश !!’ भन्दै आचार्यले सामाजिक सञ्जालमा ध्यानाकर्षण गराएका छन् ।
यदि यो पोल ढलेमा सागे पयाँर, हर्कपुर, डाँडागाउँ, ढोके, तिलहार, मनपाङ्ग, बोरिबोटसम्म विद्युत अवरुद्ध हुन सक्ने अर्का स्थानीय विनोद भण्डारीले बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी