लायन्स म्याग्देको चाटर नाइट

  • ख-
  • ख+

म्याग्दे : लायन्स क्लब अफ तनहुँ म्याग्देको तेस्रो चाटर नाइट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी म्याग्दे गाउपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ , बिसिस्ट अतिथी म्याग्दे गा पाका उपाध्यक्ष बालकृष्ण घिमिरेले क्लबले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको बारेमा चर्चा गरेका थिए ।

क्लबका अध्यक्ष सुन्दरमणि अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा डिस्ट्रीक चिफ सन्तोष धिमिरे , म्याग्दे ४ का अध्यक्ष दिपक श्रेष्ठ , डिस्ट्रीक कोडिनेटर समुन्द्रराम श्रेस्ठ , रिजन चियर पर्सन राज कुमार श्रेष्ठ , जोन चियर पर्सन सुजित हिराचन , अन्जना तिमिल्सिना , डिस्ट्रीक चियर पर्सन सुरेन्द्र अधिकारी , पिलाम्बर तिमिल्सिना छिमेकी क्लबका अध्यक्ष लगायतको उपस्थिति रहेको लायन्स म्याग्देका संस्थापक अध्यक्ष भीमलाल श्रेष्ठले बताए ।

उक्त अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी