म्याग्देको बजेट वार्षिक समीक्षा कार्यक्रममा सयौं सम्मानित

  • ख-
  • ख+

म्याग्देः म्याग्दे गाउँपालिकाको आर्थिक वर्ष ०७८।०७९ को बजेट तथा खर्चको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक वर्ष ०७८।०७९ मा भएको कार्यप्रगती तथा वजेट तथा खर्चको वार्षिक समिक्षा भएको थियो ।


गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीले गत आर्थिक वर्षमा गाउँपालिकाले ८० प्रतिशत कार्ययोजनाको कार्यन्वयन गरेको वताए ।
कार्यक्रममा आर्थिक प्रगति पशु सेवा शाखाको वार्षिक प्रतिवेदन, कृषि शाखाको प्रगति प्रतिवेदन, शिक्षा शाखा अन्र्तगतको विवरण, शशर्त विनियोजित बजेट कार्यक्रम, अपाङ्गताको विवरण, जेष्ठ नागरिक परिचय पत्र वितरण कार्यक्रम, उद्यम विकास कार्यक्रम पुर्वाधार विकास कार्यक्रम अन्तर्गतका प्रगति विवरणहरुको बारेमा समीक्षा गरिएको गाउँपालिकाले जनाएको छ ।
जसअन्तर्गत वडा निर्माण भवन, प्रशासकिय भवन, गाँउपालिकाको सभाहल, थर्पु स्वास्थ्य चौकीलाई १० शैयाको आधारभुत अस्पताल, ल्याण्डफिल साईडमा भएको प्रगति विवरणको समिक्षा गरिएको थियो ।

समीक्षात्मक कार्यक्रममा गाँउपालिका उपाध्यक्ष बालकृष्ण घिमिरे, कार्यपालिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा विभिन्न विधामा सहयोग पुर्याउने कर्मचारी , शिक्षक , खेलाडी , जनप्रतिनिधि , आमा समुह , युवा क्लव लगायत गरि १ सय २५ जनालाई सम्मान गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी