राष्ट्रिय भूमि आयोग भन्छ, ‘निस्सा वितरणमा हचुवाका भरमा आलोचना’

  • ख-
  • ख+

दमौली: राष्ट्रिय भूमि आयोग जिल्ला समिति तनहुँले निवेदन दर्ताको प्रमाणपत्र स्वरुप निस्सा बितरण गरेको भए पनि सामाजिक सञ्जालमा हचुवाकाे भरमा चर्को अालाेचना भएको बताएको छ । केही प्रतिस्ठित व्यक्तिहरूकाे फाेटाे लाई तानि सामाजिक संञ्जालमा भाइरल बनाउँदै जनमानस लाई उत्तेजित पार्ने र भड्काउने काम केही ब्यक्तिहरू बाट भएको भन्दै अायाेगले त्यस कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अायाेगकाे पत्रकार सम्मेलन मा अध्यक्ष रामचन्द्र अधिकारीले अाँफुहरूले नियम संगत तरिकाले काम गरिरहेको बताए । पत्रकार सम्मेलनमा अध्यक्ष अधिकारीले जिल्लामा भूमीहीन दलित,सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी २६ हजार १ सय सत्र जनाले निवेदन दिएको जानकारी दिए । उनका अनुसार भूमीहीन दलित ११ सय ८,सुकुम्बासी १८ सय ७२ र अव्यवस्थित २३ हजार १ सय ३७ जनाले निवेदन दिएका छन् ।

निवेदन दिदैमा जग्गा पाउने भन्ने हाेइन यसको लामो प्रक्रिया छ भन्दै अधिकारीले निवेदन पाएका व्यक्ति माथि सार्वजनिक सूचना प्रकाशित गरी दावी बिरोध गर्न सकिने प्रावधान रहेको बताए । भूमीहीन दलित,सुकुम्वासीका लागि एक हप्ता र अव्यवस्थितका लागि पन्ध्र दिनको सूचना प्रकाशित गरिनेछ उनलेे भने । जिल्लाको दश पालिका मध्ये पाँच पालिकाका केही वडाहरुमा निस्सा बितरण गरिसकेको आयोगले जनाएको छ ।

जिल्लाको बन्दीपुर गाउँपालिका मातहतका ६ वटै वडाहरु, शुक्लागण्डकी नगरपालिकाको ७ नं वडा, आँबुखैरेनीको १ र २,देवघाटका वडा नं ५ र व्यासका वडा नं १ र २ मा निस्सा बितरण गरेको छ । आयोगका बिज्ञ सदस्य श्रीराम कार्कीले अनुसूची अनुरुप फारम भरेकालाई निस्सा बितरण गरिएको बताए । कार्यक्रममा व्यासका नगरप्रमुख बैकुण्ठ न्यौपाने , जिल्ला समन्वयका प्रमुख शान्तिरमण वाग्ले लगायतले दमौलीमा झण्डै दुई सयको हाराहारीमा घरको समस्या रहेका बताएका थिए । नगरप्रमुख न्याैपानेले उजुरी नपरेका र दाबी बिरोध नपरेका स्थानमा मात्रै नापजाँचका प्रक्रिया अघि बढाइने बताएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी