जिल्लास्तरीय बालसञ्जालकाे अध्यक्षमा वर्षा गुरूङ

  • ख-
  • ख+

दमौली: तनहुँमा जिल्लास्तरीय बाल सञ्जाल गठन भएको छ । गठित समितिकाे अध्यक्षमा वर्षा गुरूङ चयन भएकि छन् । समितिकाे उपाध्यक्षमा दुर्गा सुनार , सचिवमा रेबिसा कुँवर , काेशाध्यक्षमा मार्था गुरूङ र सहसचिवमा अाशिश गुरूङ रहेका छन् ।

यस्तै समितिकाे सदस्यहरूमा ममता अधिकारी , अमन नेपाली , अनिशा गुरूङ , स्नेहा पाैडेल , मुस्कान तामाङ , शिव गुरूङ , बिवेक श्रेष्ठ , रेजिश थापा र शान्ति रानाभाट रहेका छन् । यश अगाडि भएको जिल्ला बाल सञ्जाल गठनका लागि जिल्ला बाल भेला तथा प्रशिक्षण कार्यक्रममा शिक्षा संस्कृति विज्ञान प्राविधिक तथा सामाजिक विकास मन्त्रालयका सचिव देवेन्द्र लामिछानेले समाजको विकृति विसंगति हटाउन बाल सञ्जालकाे महत्त्वपूर्ण याेगदान रहने बताए ।


ठुलालाइ सम्मान र सानालाइ माया गर्नुपर्ने सामाजिक , नैतिकता सँगसँगै राष्ट्र निर्माण गर्ने , समाजमा सचेतना जगाउने र समाजलाई बलियो बनाउन लागिपर्नुपर्ने काममा बालबालिकाकाे महत्त्वपूर्ण हात हुने बताए ।

कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैर्हे , जिल्ला समन्वय अधिकृत थमन सिँह थापा , सामाजिक बिकास कार्यलयका प्रमुख ध्रुव रिजाल , प्रदेश समन्वय अधिकृत राष्ट्रिय बाल अधिकार बद्री प्रसाद वाग्ले , सारदा गैर्हे , राधा वाग्ले लगायतले बाल सञ्जाल गठन र यसको महत्त्वकाे बारेमा धारणा राखेका थिऐ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी