जिसस निर्वाचनः वाग्ले उम्मेदवार करिब निश्चित, केशबहादुर ट्याक आउट

  • ख-
  • ख+

दमौलीः व्यास नगर कार्यपालिकाको सदस्य उम्मेदवारमा सहमति भएसँगै आगामी जिल्ला समन्वय समिति प्रमुखका लागि उम्मेदवार करिब टुंगिएको छ । कांग्रेसले समन्वयमा यस अघिकै प्रमुख शान्तिरमण वाग्लेलाई निरन्तरता दिने करिब निश्चित भएको पार्टीनिकट श्रोतले बताएको छ ।


पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलसहितको छलफलमा वाग्लेलाई उम्मेदवारी दिलाउने करिब सहमति भएको पार्टीका एक जिल्लास्तरीय नेताले बताए ।

कतिपयले पौडेल केशबहादुर सुनारलाई अघि बढाउने पक्षमा भएको भनिए पनि आसन्न प्रदेश तथा संघीय निर्वाचन आदिलाई ध्यानमा राखेर वाग्लेकै पक्षमा सहमति बनेकाले सुनारले कार्यपालिका सदस्यका लागि उम्मेवारी नै दिएनन् ।


महिलातर्फ पाँच जना कार्यपालिका सदस्यका लागि कांग्रेसबाट नरिमाया आले, कृष्ण दुरा, कमला घर्ती, ज्ञानु सुनार र निला घिमिरेको उम्मेदवारी परेको छ ।


दलित तथा अल्पसंख्यक ३ जना सदस्यतर्फ कांग्रेसबाट चन्द्रमाया परियार, चेतबहादुर दरै र एकीकृत समाजवादीका रनसिं नेपालीको उम्मेदवारी परेको छ ।


कांग्रेसको बहुमतमा नगरपालिका रहेकाले अब २५ गते औपचारिक रुपमा उनीहरु विजयी घोषणा हुनेछन् । यससँगै जिल्ला समन्वय समितिको चर्चामा रहेका सुनारको सम्भावना सकिएको छ ।
जिसस निर्वाचन

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्