माथिल्लो गुणादी टोलको अध्यक्षमा सबिना

  • ख-
  • ख+

गुणादीः म्याग्दे गाउँपालिका वडा नं १ स्थित माथिल्लो गुणादी टोल विकास समिति गठन भएको छ । नवगठित टोलको अध्यक्षमा सबिना श्रेष्ठ सर्वसम्मत चयन भएकी छन् ।


श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ टोल कार्यसमिति सर्वसम्मत गठन भएको छ । समितिको उपाध्यक्षमा खोपबहादुर विक , सचिवमा सुसिला खनाल , सहसचिवमा सन्चिता खनाल र कोशाध्यक्षमा सम्झना खनाल रहेका छन् ।


यसैगरी, समितिको सदस्य हरूमा रामहरि खनाल, कल्पना रामदाम, उर्मिला खनाल, परिक्षित खनाल, ऋषिसरा थापा र श्रीमाया थापा रहेका छन् ।


यस अगाडि भएको भेला टोल कार्यसमितिका अध्यक्ष लक्ष्मण श्रेष्ठको अध्यक्षता तथा वडा सदस्य राम माया थापाको उपस्थितिमा भएको थियो । कार्यक्रममा नारायणप्रसाद खनाल , बिकास खनाल लगायतले टोलमा प्राथमिकताको आधारमा विकास निर्माणका काम गर्नुपर्नेमा जोड दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी