दमौलीः तनहुँ प्रहरीले लागूऔषध मुद्दाका फरार अभियुक्तलाई आठ वर्ष पछि पक्रेको छ ।
मिति २०६९ जेठ १६ गते अदालतले लागूऔषध मुद्दामा २ महिना कैद र २ हजार रुपैयाँ जरिवाना सुनाएका बन्दीपुर गाउँपालिका वडा नं. १ गुरुङटार निवासी सुदन थापालाई प्रहरीले ८ वर्षपछि पक्रेको हो ।
उनलाई शुक्रबार उनकै घरबाट पक्राउ गरी तनहुँ जिल्ला अदालत समक्ष पेश गरेकोमा बाँकी रहेको कैद भुक्तानका लागि कारागार कार्यालय तनहुँ पठाइएको प्रहरीले जनाएको छ ।