शुक्लागण्डकीमा अत्यावश्यक बाहेकका सवै क्षेत्र आगामी १० गतेसम्म बन्द हुने

  • ख-
  • ख+

दुलेगौँडा । समुदायमा कोरोना देखिएपछि तनहुँको शुक्लागण्डकी नगरपालिका एक हप्ताका लागि बन्द हुने भएको छ ।बुधबार स्थानिय २९ बर्षिय पुरुषमा कोरोना पुष्टि भएपछि कोरोना संक्रमणको जोखिम बढेको भन्दै नगरपालिकाले बुधबार राती १० बजेदेखि भाद्र १० गते राती १२ बजेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकामा बुधबार बसेको बैठकले अत्यावश्यक बाहेका सवै सेवा बन्द गर्ने निणर्य गरिएको नगर प्रवक्ता खिम बहादुर कुमालले जानकारी दिए । 

मेयर किसान गुरुङद्धारा जारी सुचनामा अत्यावश्यक बाहेकका सवै सेवाहरु बैंक तथा वित्तिय संस्था, उद्योग कलकारखाना, व्यवसाय, सार्वजनिक तथा निजी संस्थाबाट प्रदान हुने सेवा, भौतिक निर्माणसँग सम्बन्धित ढुवानी तथा निर्माण कार्यहरु, सामाजिक संघ संस्थाले गर्ने कोभिड-१९ नियन्त्रणका प्रयासका कार्यहरु बन्द हुने उल्लेख छ ।  

त्यस्तै अत्यावश्यक सेवा स्वास्थ्य, सरसफाई,दुग्धपदार्थ र विपद व्यवस्थापनका कार्य तथा सेवाहरु भौतिक दुरी कायम गरी सरकारले तोकेको सुरक्षाका मापदण्ड अपनाएर औषधी तथा औषधीजन्य पसल संचालन हुनेछन् । एम्बुलेन्स् शव-वाहन,औषधी ,पानी, इन्धन, सरकारी प्लेका र प्रशासनबाट पास लिएका सवारी भने सञ्चालन हुन पाउँनेछन् । औषधी र दुग्धजन्य पसलबाहेक तरकारी पसल लगायतका सवै पसल बन्द हुने प्रवक्ता कुमालले बताए ।अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन र निस्कनै परे अनिवार्य रुपमा मास्क लगाउन तथा समुहमा नहिड्न उनले आग्रह गरेका छन् । कुनै पनि भेला आयोजना नगर्न पनि भनिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्