चुनाव नेता छान्ने मेला हो, बेलैमा मान्छे चिनौं

  • ख-
  • ख+

हुतमणि अधिकारी
चुनाव भनेको नै नेता छान्ने र नेता चिन्ने बेला हो । स्थानीय तहको निर्वाचन एकदमै नजिक आइसकेको छ। पार्टीहरुले उम्मेदवार छनोट र घोषणा गर्ने क्रम शुरु गरिसकेका छन् । जनताले – मतदाताले पार्टीबाट असल , सक्षम उम्मेदवारको आशा र अपेक्षा गरेका हुन्छन् ।

राजनीतिक दलहरूले सक्षम र असल व्यक्तिहरुलाइ उम्मेदवारको रुपमा प्रस्तुत गर्नुपर्छ । जनतालाई असल जनप्रतिनिधि छान्ने अवसर दिइएन भने चुनाव निरर्थक अभ्यास मात्र हुन जान्छ, राष्ट्रको समय, सम्पत्ति र भविष्यमाथि घात मात्र ठहरिन जान्छ ।

दलले प्रस्तुत गर्ने उम्मेदवार नेतामा धेरै थरि व्यक्तिगत, सामाजिक र राजनीतिक गुण हुन जरुरी हुन्छ । तीमध्ये क्षमता , इमानदारी र क्रियाशीलता महत्त्वपूर्ण गुण हुन् । क्षमता छ तर इमानदारी छैन भने त्यो क्षमताको उपयोग सामाजिक र सामुहिक हितमा होइन व्यक्तिगत स्वार्थमा हुन जान्छ । इमानदारी नभएको नेताले पद, अधिकार, निर्णय व्यक्तिगत भलाइ र फाइदाका पक्षमा प्रयोग गर्छन् । अवसर र जिम्मेवारी दिनुपर्दा योग्यताको , क्षमताको आधारमा नभइ सकेसम्म परिवार , आफन्त , चाकडीबाज र स्वार्थ जोडिएका मान्छेलाई प्राथमिकता दिन्छन् ।


इमानदार छ तर क्षमता छैन भने पद, अधिकार, जिम्मेवारी पाएर पनि तदनुरुप काम र निर्णय गर्न सक्दैनन् , अर्कैले त्यो प्रयोग गरिदिन्छ । अरुको सल्लाहमा चल्ने , अरुकै भर पर्ने हुनाले तेस्रो व्यक्तिको स्वार्थमा काम भइरहेको हुन्छ । अपेक्षित नतिजा प्राप्त हुँदैन ।

नेतृत्व असल र इमानदार भए पनि शारीरिक, बौद्धिक क्रियाशीलता छैन भने जनताका आवश्यकता, अपेक्षा अनुरुप काम गर्न सक्दैनन् । समय अनुकूलको सोच, विचार, कार्यक्रम, योजना र कार्यशैली अपनाउन सक्दैनन् ।

जनता पनि सचेर सजग हुनुपर्छ , जनताले आवाज नउठाए, बिरोध र प्रतिरोध नगरे धुर्त, स्वार्थी , सामन्तीहरु नेतृत्वमा पुग्छन् र पदमा लामो समय टिकिरहन्छन्

नेताले राजनीति, अर्थनीति, समाज र इतिहास बुझेको हुनुपर्छ । स्रोत साधनको पहिचान र परिचालनको ज्ञान राख्नुपर्छ । विकासका योजना, सपना अनि संभावना देखेको हुनुपर्छ । भविष्यको कल्पना गर्न सक्ने हुनुपर्छ । अर्कैले बनाइदिएको वा नमूनाका रुपमा उपलब्ध ढाँचा र कार्यक्रम मात्र लागु गर्नु सिर्जनात्मकता होइन । उपलब्ध स्रोत साधन र बजेट तोकिएका शीर्षकमा बाँडफाँड गर्नु र अर्कैले ठिक्क पारिदिएको कार्यक्रम र योजनाको रकम तलमाथि पार्न सक्नु मात्र नेता वा जनप्रतिनिधिको खुबी र क्षमता होइन ।

नेता व्यक्तिगत स्वार्थ , अहंकार बाट माथि उठेको , अरुको कुरा सुन्ने , अरुका बिचार भावना बुझ्ने , अरुलाइ सम्मान गर्ने , जिम्मेवारी र अवसर बितरणमा नियम , प्रकृया पु¥याउने , मापदण्ड मान्ने, योग्यता क्षमताको कदर गर्ने हुनुपर्छ । आफुलाइ मात्र योग्य र सर्वेसर्वा ठान्ने , पार्टी भित्र र बाहिरका समकक्षी , प्रतिष्पर्धी वा सहयोगीलाइ बैरी ठान्ने, बेवास्ता र अपमानित गर्ने , प्रशंसा र चाकरीमा रमाउने, लोकलाज नमानी सरकारी सेवा सुविधा परिवारका सदस्य र नातेदारलाइ उपलब्ध गराउने , सरकारी सम्पत्ति , पद ,अधिकार , साधन स्रोतलाई व्यक्ति र परिवारको स्वार्थ र हितमा प्रयोग गर्ने , मनपरेकालाइ छानीछानी योजना र कार्यक्रम दिने , सामन्ती सोच र प्रवृत्ति भएका अलोकप्रिय र जनता माझ छवि बिगारेका नेतालाई कुनै पनि पार्टीले दोहो¥याइ तेहर्याइ जनप्रतिनिधि बन्ने अवसर दिनु हुन्न ।

नेतृत्वको उत्तराधिकारीको रुपमा सरकारी पद , पैसा , स्रोत साधनको बलमा परिवारकै सदस्य , नातेदार र बफादारलाई तयार पार्छन् । आफु र आफुले चाहेको व्यक्तिलाइ मात्र योग्य सक्षम ठान्छन् आफुलाइ शासक र जनतालाई रैती , दास ,केवल आज्ञापालक ठान्न थाल्छन् ।

लामो समय खराब प्रवृत्तिको मान्छेलाई नेतृत्व र अवसर दिँदा निरङ्कुशता र स्वार्थ हावी हुन्छ , जनता र कार्यकर्तामा निराशा र असन्तुष्टि बढ्छ भन्ने कुरामा उपल्लो तहको नेतृत्व सजग हुनुपर्छ ।
जनता पनि सचेर सजग हुनुपर्छ , जनताले आवाज नउठाए, विरोध र प्रतिरोध नगरे धुर्त, स्वार्थी , सामन्तीहरु नेतृत्वमा पुग्छन् र पदमा लामो समय टिकिरहन्छन् । पद र पैसाका कारण आश र त्रासको साम्राज्य खडा गरेर लोकप्रियता र शक्तिशाली भएको भ्रम माथि तल सबै तिर छर्न सक्छन् ।

नेतृत्वको उत्तराधिकारीको रुपमा सरकारी पद , पैसा , स्रोत साधनको बलमा परिवारकै सदस्य , नातेदार र बफादारलाई तयार पार्छन् । आफु र आफुले चाहेको व्यक्तिलाइ मात्र योग्य सक्षम ठान्छन् आफुलाइ शासक र जनतालाई रैती , दास ,केवल आज्ञापालक ठान्न थाल्छन् ।


नेतृत्वमा रहेको गलत चिन्तन र प्रवृत्तिलाई सच्याउने अवसर निर्वाचन हो । निर्वाचनबाट नै असल , क्षमतावान्, जनता मैत्री नेतृत्व स्थापित गर्न सकिन्छ । फलानो नेता भयो , नेतृत्वमा पुग्यो भने मलाई फाइदा हुन्छ , काम मिलाइ दिन्छ , व्यक्तिगत सहयोग हुन्छ भनेर सोच्नु र त्यस्तालाई सहयोग समर्थन गर्नु देश, समाज र भविष्य माथिको घात हुन जान्छ ।

रुल अफ ल’ मा विश्वास गर्नुपर्छ ‘हुल अफ ल’को पछाडि लाग्न छाड्नु पर्छ। राजनीतिलाइ व्यवसाय र पेशा बनाउने प्रवृत्ति बढ्दो छ ।

यसैले राजनीतिक दलहरूले स्थानीय तहको नेतृत्वमा जनप्रतिनिधिको रुपमा पठाउन उम्मेदवार छनौट गर्ने प्रक्रिया थालेको यो महत्त्वपूर्ण बेलामा सजग सचेत पार्टी सदस्य र आम जनता मतदाताले पार्टीहरुले असल , योग्य , जनताका अपेक्षा रआवस्यकता संवोधन गर्न सक्ने , दुरदर्शिता र बिकासको भिजन भएको नेतृत्व चयन गर्नु पर्छ भन्ने अभिमत प्रकट गर्नुपर्छ।


पार्टी नेतृत्व र टिकट दिने संसदीय समितिले पनि गुटगत भागबन्डा र व्यक्तिगत निकटताका आधारमा होइन योग्यता , क्षमता , योगदानलाइ आधार मानी निश्चित मापदण्ड बनाएर पार्टीको उम्मेदवार निश्चित गर्नुपर्छ। पार्टी लाखौंलाख जनताको आस्थाको धरोहर हो , यसलाईविधि, विधान र पद्दतिले चलाउनुपर्छ । ‘रुल अफ ल’ मा विश्वास गर्नुपर्छ ‘हुल अफ ल’को पछाडि लाग्न छाड्नु पर्छ। राजनीतिलाइ व्यवसाय र पेशा बनाउने प्रवृत्ति बढ्दो छ ।

सेवा र लोक कल्याणको पवित्र सिद्धान्त , विचार , दृष्टिकोण ,आदर्श , निष्ठा समर्पण र कर्मको संस्कृति हो राजनीति । आज राजनीतिमा बिकृति घोलिएको छ यसैले जनतामा निराशा , छ, आक्रोश छ , भरोसा उडेको छ ।

राजनीतिमा नैतिकता , सदाचार , अनुशासन कायम गर्न , नेता , राजनीति र राज्यकानिकायहरु प्रति सम्मान र भरोसा जगाउन जरुरी छ । यसका लागि राजनीतिमा असल पात्र र चरित्रलाइ स्थापित गर्नुपर्छ । निर्वाचनको समय नजिकै छ ।

निर्वाचन र अधिवेशनले नयाँ नयाँ नेतृत्व उत्पादन गर्छ । यस्तै बेलामा बिचार व्यहार र नेतृत्व परिवर्तन हुन्छ, पुरानो नेतृत्वको कार्यशैली पनि सुधार गर्न सकिन्छ , नयाँ नेतृत्व स्थापना गर्न र नेतृत्वको चरित्र , प्रवृत्ति सुधार गर्ने यो सुवर्ण अवसर हो । अवसरको उपयोग गरौँ – असल नेता चिन्ने र छान्ने तर्फ ध्यान पुरयाउँ ।

(लेखक नेपाली कांग्रेस तनहुँका सदस्य हुन् । )

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी