चालकमा कोरोना पुष्टि भएपछि शुक्लागण्डकीमा समुदायस्तरमा कोरोना फैलिएको आशंका

  • ख-
  • ख+

दुलेगौँडा , तनहुँको शुक्लागण्डकीमा पनि समुदायमा कोरोना फैलिएको आशंका गरिएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले बुधबार सार्वजनिक गरेको विवरण अनुसार शुक्लागण्डकी वडा नं ४ का  २९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । ती पुरुषको ट्राभल हिष्ट्री नभएको तर रिपोर्ट पोजेटिभ आएकोले समुदायमा संक्रमण फैलिएको आशंका भएको छ । उनी स्थानिय एक व्यवसायिक संस्थाको ड्राइभर रहेको बताइएको छ ।उनको मंगलबार स्वाव संकलन गरी परीक्षणको लागि पोखरा पठाइएको थियो ।

संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र आइसोलेशनमा लैजाने तयारी गरिएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिए । उनले थप अध्ययन गरेर कन्ट्रयाक ट्रेसिङ शुरु गरिने बताए । 

त्यस्तै बुधबार व्यास नगरपालिकामा पनि एक पुरुषमा संक्रमण देखिएको छ ।व्यास नगरपालिका–३ का ती पुरुष जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत प्रहरी रहेको खुलेको छ ।जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले ती सङ्क्रमित प्रहरी रहेको पुष्टि गरेका छन् ।उनलाई अहिले आइसोलेशनमा लैजाने तयारी भइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्