पालुङ्टारको बिरुवाटारमा सनराइजको शाखारहित सेवा

  • ख-
  • ख+

डुम्रेः सनराइज बैक डुम्रे शाखाले पालुङ्टार वडा नम्बर ७ बिरुवाटार गोरखामा आफ्नो ८९ शाखारहित बैकिङ सेवा सन्चालनमा ल्याएको छ ।

मुख्य बजारबाट केही टाढा रहेको ठाउँमा बैकिङ पहुच बाट टाढा रहेको समुदायलाई आर्थिक कारोबार गर्न सहज होस भन्ने उद्देश्यले सेवा शुरु गरिएको बैंकका मिलन गिरीले जानकारी दिए ।


वडा अध्यक्ष बसन्तकुमार श्रेष्ठले त्यस ठाउमा सनराईज बैकले आफ्नो सेवा विस्तार गरेकोमा धन्यवाद दिंदै स्थानीयको आर्थिक विकास, जीवनस्तर सुधारका साथै दैनिक जीवनमा समेत सहजता आउने भन्दै खुशी ब्यक्त गरेका थिए ।


स्थानीयको बाक्लो उपस्थिती रहेको उत कार्यक्रममा बैंकका डुम्रे शाखा प्रबन्धक सन्तोषराज वाग्लेले सेवाबारे जानकारी दिए ।

कार्यक्रममा बैंकका अर्का कर्मचारी युवराज गौतमले समग्रमा बैकले ग्राहकलाई दिदै आएको सेवा सुविधाको बारेमा प्रस्ट्याएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी