नेपाली कांग्रेसः पौडेलको जिल्लामा सेखरको कार्यक्रम

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसका नेता डा. सेखर कोइरालाले तनहुँका विभिन्न भागमा नेपाली कांग्रेसको कार्यक्रममा सहभागीता जनाएका छन् ।

बन्दीपुर गाउँपालिका सम्मेलन तथा जिल्ला कार्यकर्ता भेटघाटका अलावा उनले बन्दीपुरमा सिमलटार खानेपानी आयोजनाको समेत उद्घाटन गरे ।
यस अघि नै आउने तय भएको बन्दीपुरको सिमलटार खानेपानी आयोजनाको कार्यक्रमका अलावा अन्य कार्यक्रममा पनि सहभागी बनेका डा. सेखर अर्का नेता जगदिश्वरनरसिंह केसीसहित सहभागी थिए ।

उनी सहभागी कार्यक्रममा जिल्लामै रहेका केन्द्रीय सदस्यहरु गोविन्द भट्टराई र ध्रुव वाग्लेसँगै जिल्ला सभापति जीतप्रकाश आलेलगायत पनि सहभागी बने ।

यस अघि वरिष्ठ नेता रामचन्द्र पौडेल खेमाका डा. कोइराला अहिले संस्थापनइतरको नेतृत्व गरिरहेका छन् । यसअघिका उनका नेता पौडेललाई हाल सभापतिनिकट रुपमा लिइन्छ ।

पौडेललाई चुनावमा साथ नदिएर आफू उम्मेदवार बनेपछि पराजित सेखरले उनकै गृहजिल्लाका विभिन्न कार्यक्रममा सहभागी बनेर यसअघिको पौडेल समूहको समर्थन आफ्नो पक्षमा पार्न प्रयास गरेको देखिन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी