कांग्रेस तनहुँले तहगत जिम्मेवारी तोक्यो, प्रवक्तामा वाग्ले

  • ख-
  • ख+

दमौलीः नेपाली काङ्ग्रेस तनहुँको प्रवक्तामा हरि वाग्ले चयन भएका छन् ।पार्टी सभापति जितप्रकाश आलेको सभापतित्वमा सम्पन्न बैठकले वाग्लेलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यस्तै, बैठकले जिल्ला संसदीय समिति गठन गरेको छ । सभापति आलेको संयोजकत्वतवमा गठन गरिएको संसदीय समितिमा उपसभापतिद्धय राजेन्द्रकृष्ण श्रेष्ठ र देवकुमार श्रेष्ठ, सचिवद्धय सहदेव अधिकारी र लक्ष्मीभक्त खनाल सहसचिवद्धय मिलन आले र परमेश्वर भट्टराई पदेन सदस्य रहने काङ्ग्रेस तनहुँका सदस्य डम्बरबहादुर अधिकारीले जानकारी दिए ।

त्यस्तै बैकुण्ठ न्यौपाने , मिरा जोशी, विश्व वास्तोला , केशबहादुर सुनार र डम्बर बहादुर अधिकारी संसदीय सदस्यमा चयन भएका छन् ।

बैठकले पार्टीका तर्फबाट पालिका प्रतिनिधीहरु समेत चयन गरेको छ । जसअनुसार सभापति आले व्यास नगरपालिका , निवर्तमान सभापति बैकुण्ठ न्यौपाने भानु नगरपालिका, उपसभापति राजेन्द्रकृष्ण श्रेष्ठ शुक्लागण्डकी नगरपालिका ,उपसभापति देवकुमार श्रेष्ठ भिमाद नगरपालिका , सचिव सहदेव अधिकारी म्याग्दे गाउँपालिका , सचिव लक्ष्मीभक्त खनाल बन्दीपुर गाउँपालिका, सहसचिव मिलन आले आँबुखैरेनी गाउँपालिका , सहसचिव परमेश्वर भट्राई ऋषिङ गाउँपालिका , कोषाध्यक्ष श्रीराम सुवेदी घिरिङ गाउँपालिका र संगठन विभाग प्रमुख विश्व बाँस्तोला देवघाट गाउँपालिकाको जिम्मेवारी पाएका छन् ।

पार्टी बैठकले अनुशासन समितिको संयोजकमा केशबहादुर सुनार र सदस्यहरुमा रामशरण अधिकारी र बद्रिका भट्टराईलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी