कांग्रेसको स्थानीय तह निर्वाचन प्रचार प्रसार समितिमा भट्टराई र वाग्ले

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार प्रसार समितिमा तनहुँका दुई निर्वाचित केन्द्रीय सदस्य मनोनित भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यद्वय गोविन्द भट्टराई र ध्रुव वाग्लेलाई समितिमा मनोनयन गरेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

पार्टी केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकत्वमा गठित समितिमा ६७ जना केन्द्रीय सदस्य छन् ।

गत चैत्र १५ गते मंगलबार सम्पन्न बैठकअनुसार ती केन्द्रीय सदस्यले प्रचारप्रसार समितिको जिम्मेवारी पाएका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी