दमौलीमा राप्रपाको चुनावकेन्द्रीत सभा, राजेन्द्र लिङदेन र ज्ञानेन्द्र शाहीले भाषण दिने

  • ख-
  • ख+

दमौलीः राष्ट्रिय प्रजातन्त्र पार्टीले दमौली अनशन चौतारीमा बिहीबार आमसभा गर्न लागेको छ । स्थानीय चुनावको नजिक पार्टीले नयाँ नेतृत्वलाई दमौलीमा प्रस्तुत गर्न लागेको हो ।


अनशन चौतारीको दमौली सेन्ट्रल पार्कमा दिउँसो हुने कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन र प्रवक्ता एवं युवा नेता ज्ञानेन्द्र शाहीले सम्बोधन गर्ने पार्टी जिल्ला अध्यक्ष विनोद घर्तीले बताए ।

नयाँ नेतृत्वप्रतिको जनलहर र नयाँ परिवेशमा पार्टीको नीतिलाई नागरिकमाझ फैलाउन कार्यक्रम गरिएको पार्टीका केन्द्रीय सदस्य राजेन्द्र अधिकारीले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी