गुणादी दुर्घटनामा एककाे मृत्यु

  • ख-
  • ख+

गुणादी: म्याग्दे गाउँपालिका वडा नं १ गुणादीमा दुर्घटना हुँदा १ युवकको ज्यान गएको छ । माेटरसाइकलमा सवार ती युवकलाई पछाडिबाट ट्रकले ठक्कर दिँदा ज्यान गएकाे हाे ।


ग ५ प ६०८३ नम्बरको माेटरसाइकलमा सवार ऋषिङ गाउँपालिका वडा नं २ घर भएका १९ वर्षिय तारन थापालाई ना ३ ख ४६९१ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका थापाको दमौली अस्पतालमा ज्यान गएको तनहुँ प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी