नेपाल मुस्लिम संघ तनहुँको सभापतिमा नेक मोहम्मद

  • ख-
  • ख+

दमौलीः नेपाल मुस्लिम संघ तनहुँको अध्यक्षमा नेक मोहम्मद मियाँ सर्वसम्मत चयन भएका छन् । संघको तेस्रो अधिवेशनबाट नेकको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

संघको उपसभापतिमा सम्सुदिन मियाँ, मोहम्मद मजिद मियाँ, सचिवमा जव्वारदिन मियाँ, मोहम्मद अलि, सहसचिवमा तैयब मियाँ र निजामदिन मियाँ, कोषाध्यक्षमा शेर मोहमद मियाँ, शहकोशाध्यक्षमा ताज मोहमद मियाँ रहेका छन् ।

यसैगरी, सदस्यहरूमा मुवारक मियाँ, सविना खातुन, मेहबुब बक्स मियाँ, मौलादिन मियाँ, सरविर मियाँ, मन्जिल सेख हबि मियाँ रहेका छन् । यस अगाडि भएको अधिवेशनको नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले उद्घाटन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी