शुक्लागण्डकीमा माओवादीको दलित मुक्ति मोर्चा

  • ख-
  • ख+

दुलेगौँडा : नेपाल कम्युनिष्ट पार्टी एकिकृत माओवादीको जनवर्गाीय संगठन दलित मुक्ति मोर्चा शुक्लागण्डकी नगरपालिकाको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै विभिन्न जनवर्गीय संगठन विस्तार तथा गठनलाई तीव्र पारेको माओवादी केन्द्रले बिहीबार सम्पन्न भेला मार्फत विष्णुबहादुर परियारको अध्यक्षतामा ४५ सदस्यीय नगर स्तरीय दलित मुक्ति मोर्चा गठन गरेको छ ।

दुलेगौंडामा सम्पन्न भेलाले नगर कमिटीको उपाध्यक्षमा बेलबहादुर विक, दिपबहादुर विक र सृजना सुनारलाई चयन गरेको छ । यस्तै सचिवमा पोषबहादुर विक, सह सचिवमा सुस्मिता विक, कोषाध्यक्षमा खिमबहादुर गैरेलाई चयन गरेको छ । कमिटीमा शुक्लागण्डकी नगरपालिकाका सवै वडाको प्रतिनिधित्व हुने गरि सदस्य चयन गरिएको माओबादी केन्द्र शुक्लागण्डकीका अध्यक्ष मनराज गुरुङले जानकारी दिए ।

नगर स्तरीय सम्मेलनलाई सम्बोधन गर्दै दलित मुक्ति मोर्चा तनहुँका ईञ्चार्ज दिलबहादुर नेपालीले दलित समुदायलाई कानुनले संरक्षण गरेको दावी गरे । बर्षाैदेखि विभेदको चपेटामा रहेका दलित समुदाय विभेद विरुद्ध खुल्नुपर्नेमा नेपालीले जोड दिए ।

कार्यक्रममा नेकपा माओबादी गण्डकी प्रदेश कमिटीका सदस्य खुमबहादुर विक राजु, मुक्तिनाथ सिग्देल र जौमाया बराल सुनारले सवै किसिमको विभेदमा परेकाहरुको अभिभावकत्व ग्रहण गर्ने पार्टी माओबादी केन्द्र भएको दावी गरे । उपेक्षामा परेका वर्ग र समुदायलाई राज्यको मुलधारमा ल्याउन माओबादीले महत्वपुर्ण भूमिका खेलेको भन्दै अन्य पार्टीको भ्रममा नपर्न उनीहरुले आग्रह गरे ।

कार्यक्रममा नगर कमिटीका अध्यक्ष मनराज गुरुङले माओबादीको तत्कालिन आन्दोलन सफल पार्न दलित समुदायले ठुलो योगदान पु¥याएको उल्लेख गर्दै पार्टीका लागि दलित मुक्ति मोर्चा सबैभन्दा महत्वपुर्ण रहेको दावी गरे ।

वडा कमिटीका ईञ्चार्ज पहल सिं विक, रनबहादुर विक, यामबहादुर नेपाली लगायतले उपेक्षामा परेका समुदायको न्यायका लागि माओवादी पार्टीले खेलेको भुमिका विर्सन थालेको भन्दै समिक्षा हुनुपर्ने माग गरे । मुक्ति मोर्चाका अध्यक्ष परियारको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन सचिव पोषबहादुर विकले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी