दमौलीमा कांग्रेसको क्षेत्रीय सम्मेलन

  • ख-
  • ख+

दमौलीः आसन्न स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा जारी देशव्यापी चुनावी कार्यक्रमअन्र्तगत दमौलीमा नेपाली कांग्रेसले क्षेत्रीय सम्मेलन गरेको छ ।

प्रतिनिधि सभा क्षेत्र न १ तनहुँको आयोजनामा भएको कार्यक्रममा घर घर जाऔं काङ्ग्रेस जिताऔं अभियानका केन्द्रीय प्रतिनिधि मधु आचार्यले देशको विकासका लागि र अफ्ट्यारो परिस्थितिको निकासका लागि कांग्रेस आवश्यक रहेको बताए ।

नेपालमा नेपाली काङ्ग्रेस मात्रै परिपक्व पार्टी भएको र अरू पार्टी भर नभएको पार्टी भएको भन्दै आचार्यले भर नभएको पार्टीलाई देश जिम्मा लाउने गल्ती कसैलाई नगर्न सचेत गराए । कम्युनिस्ट हरूले औसधिमा समेत लुट मच्चाएको भन्दै कोभिडको बेला यस्तै गरेको बताए ।

जनतालाई सचेत गराउन , कम्युनिस्टको गलत हरकतलाई जनता सम्म प्रस्ट्याउन पनि यो अभियान चलाउनुपरेको आचार्यको भनाइ थियो । तनहुँ क्षेत्र नँ १ का सभापति श्याम मौरतीको सभापतित्वमा भएको कार्यक्रममा काङ्ग्रेस नेताहरू जितप्रकाश आले, बैकुण्ठ न्यौपाने, रघुनाथ पौडेल, शान्तिरमण वाग्ले, प्रकाश पन्त, रामचन्द्र पोख्रेल, चिनु पोख्रेल, दयानिधि नराल, विशेश्वर खनाल, काजिमान श्रेष्ठ लगायतका वक्ताहरूले बोलेको कोषाध्यक्ष पविन्द्र भट्टराईले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी