केन्द्रबारे जिल्लाको धारणा नआएसम्म वडामा प्रचार नगर्ने भानु २ को निर्णय

  • ख-
  • ख+

राजेश कार्की
भानुः
नेपाली काङ्ग्रेस भानु–२ कार्य समितिले नगरपालिका बिबादको समस्यामा पार्टिले आधिकारिक धारणा बाहिर नल्याए सम्म टोल कमिटि गठन लगायत अन्य प्रचारप्रसारको कार्यक्रम नगर्ने भएको छ ।

शनिबार बसेको वडा कार्य समितिले जनतालाइ भानु नगरपालिकाको कार्यालय भानु –२ मा भए पनि गत २०७६–१०–२३ बसेको भानु नगरपालिकाको नगरसभाले नगरपालिकाको केन्द्र सारेको भन्दै वडा कार्यालयको रिटले पुरानै केन्द्र कायम भए पनि सेवाप्रवाह भन्सारमा भएकोमा आपत्ति जनाएको छ ।

बैठकले नगरपालिकाको कार्यालय भानु–१ भन्सारमा नै देखिएको भन्दै नगरपालिका केन्द्रको विषयमा पार्टी जिल्लाबाट आधिकारिक धारणा नआएसम्म भानु–२ भित्र पार्टीले निर्देशन दिएका कार्यक्रम सन्चालन नगर्ने निर्णय गरेको जनाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी