अब कांग्रेसले हार्नु पर्दैन : भण्डारी

  • ख-
  • ख+

‘एमाले सांसदलाई सिंहदरबारले नचिन्दा विकास भएन’
म्याग्देः
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले कांग्रेसका पक्षमा अहिले देशभरि जनलहर आइरहेको बताएका छन् । गएको चुनावमा धेरै ठाउँमा हार्नपर्ने अवस्था आए पनि अब परिस्थिति फरक भएको भण्डारीले बताए । थोरै ठाउँमा जिते पनि काङ्ग्रेसले नेतृत्व गरेको पालिकामा धेरै राम्रा काम भएको भण्डारीले बताए ।
‘मैले तनहुँको क्षेत्र नँ २ मा हार्दा यो क्षेत्र ५ वर्ष पछि पर्छ भनेको थिएँ, ‘उनले भने, ‘अहिले त्यही भएको छ । ‘


एमालेका सांसदलाई सिंहदरबारले नचिन्दा विकासमा पछि
एमाले बाट जितेका साँसदलाइ सिंहदरबारले नचिनेको हुँदा यो क्षेत्रको विकास पछाडि परेको र नयाँ कार्यक्रम तथा बजेट ल्याउन नसकेको भण्डारीको भनाइ थियो । नेता भण्डारीले सनिवार जामुनेमा नेपाली काङ्ग्रेस म्याग्दे गाउँपालिका वडा नं २ को सम्पर्क कार्यालयको उद्घाटन गर्दै एमसीसीबारे कम्युनिस्टहरूले नाटक गरेको आरोप लगाए ।


कांग्रेस नेता एवम् म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले पार्टी भित्र भएको चुनावको तित्तता बिर्सेर विपक्षी सँग लड्ने चुनाबमा एकजुट भएर अगाडि बढ्नुपर्ने बताए । वडा सभापति रमेश अधिकारीको समापतित्वमा भएको कार्यक्रममा कांग्रेस गाउँ सभापति रामभक्त घिमिरे, जिल्ला सदस्य हुतमणि अधिकारी , रामबहादुर अधिकारी , सुर्यमोहन काफ्ले ईश्वर बहादुर रानाभाट र सन्तोष श्रेष्ठले बोलेका थिए ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका नवप्रवेसिहरू लाई केस भण्डारीले पार्टीको सदस्यता बितरण गरेका थिऐ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी