टुँडिखेलबाट खसेर किशोरको मृत्यु

  • ख-
  • ख+

बन्दीपुरः पर्यटकीय नगरी बन्दीपुरस्थित टुँडिखेलबाट खसेर बुधबार एक किशोरको ज्यान गएको छ ।
ती किशोर टुँडिेखेलको रेलिङ्ग भत्केर उनी करिब तीन सय मिटर तल खसेको प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
ज्यान जानेमा बन्दीपुर २ हल्थुमका निवासी १७ वर्षका कृजन गुरुङ्ग रहेको प्रहरीले जनाएको छ ।

साँझ खसेको उनको उपचारका क्रममा बन्दीपुर अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । उनी भानु मा वि बन्दिपुरमा कक्षा ९ मा पढ्ने विद्यार्थी भएको बुझिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी