म्याग्देकाे कृषि प्रदर्शनी मेला सम्पन्न

  • ख-
  • ख+

थर्पु : म्याग्दे गाउँपालिका ४ थर्पु बजार स्थित जनसेवा सहकारी संस्था लिमिटेड द्वारा अायाेजित तेस्रो म्याग्दे स्तरीय कृषि प्रदर्शनी मेला सनिवार थर्पुमा सम्पन्न भएको छ । मेलाको समापन गर्दै म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी रानाले कृषि प्रदर्शनीले समग्र म्याग्देकै किसानहरू लाई उत्साह जगाएकाे बताइन् । \

कृषकले उत्पादन गरेका बस्तुहरूकाे बजारिकरण गर्न र उचित मुल्यमा बिक्रीवितरण गर्न यश किसिमको मेलाले सहयोग पुर्याउने रानाको भनाइ थियो । गाउँपालिकाले जनसेवा सहकारी मार्फत कृषि प्रदर्शनी मेला गर्दै अाएकाे उनलेे बताइन् ।

म्याग्दे गाउँपालिका कृषिको उर्वर भुमि रहेको बताउँदै रानाले सुन्तला , टमाटर , अालु जस्ता कृषि उत्पादन बजारिकरण गर्न समेत यश किसिमको प्रदर्शनीले सहयोग पुग्ने बताइन् । कार्यक्रममा बिशिस्ट अतिथि म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले प्रदर्शनीले म्याग्देका बासिन्दालाई कृषि पेसातर्फ अाकर्सण बढाउन मदत पुगेको बताए ।

कृषि उपजकाे उत्पादन , भण्डारण र बिक्री वितरणमा प्रदर्शनीले टेवा पुग्ने घिमिरेकाे भनाइ थियो । कार्यक्रममा म्याग्दे गाउँपालिका भित्रका विभिन्न बिधाका १०० जना कृषकलाई प्रमाणपत्र तथा दाेसल्लाले सम्मान गरिएको थियो ।

जनसेवा कृषि सहकारीका अध्यक्ष दुर्गाबहादुर अधिकारिकाे अध्यक्षतामा भएको कार्यक्रममा निलबहादुर थापा , गाैरवराज राना , जितराज राना , जुक्तराज वाग्ले , उपेन्द्र दाहाल , राजु श्रेष्ठ , नवराज घिमिरे , सेरकुमार मल्ल , सुनिता वाग्ले , भरत पाठक , लगायतका बक्ताहरूले बाेलेका थिए ।

कार्यक्रममा लाेकदाेहारि गायक प्रजापति पराजुलीले विभिन्न प्रस्तुति दिऐका थिए भने स्थानीय कलाकार , अामा समुह हरूले गायन तथा नृत्य प्रस्तुत गरेका थिए । प्रदर्शनीमा तरूल , पिँडालु , सुन्तला , काउलि , बन्दा , टमाटर लगायतका बस्तुहरू प्रदर्शनी गरिएको थियो । प्रदर्शनीमा उत्कृष्ट कृषकलाई पुरस्कृत गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी