म्याग्देमा सिंगो गाउँ काङ्ग्रेस प्रवेश

  • ख-
  • ख+

म्याग्देः म्याग्दे गाउँपालिकाको राहुलडाँडाका सबै बासिन्दा आफ्नो पार्टी प्रवेश गरेको नेपाली कांग्रेसले दावी गरेको छ । गाउँमा ११२ मतदाता भएकामा सबै कांग्रेस प्रवेश गरेको कांग्रेस जिल्ला सदस्य हुतमणि अधिकारीले जानकारी दिए ।


नवप्रवेशीलाई नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारीले सदस्यता दिएर पार्टी प्रवेश गराएका थिए । उनले कांग्रेस जनताको असल पार्टी भएको बताए । नवप्रवेशीलाई क्षमताका आधारमा अवसर दिइने भण्डारीको भनाइ थियो ।


स्थानीय काङ्ग्रेस नेताहरू हिरालाल गुरुङ , जुक्तराज वाग्ले र स्थानीय भविस्वर थापा लगायतको बिशेष सक्रियतामा प्रवेश गरेका गाउँवासीलाइ म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, नेका जिल्ला सदस्य हुतमणि अधिकारी, नेपाली काङ्ग्रेस प्रदेश सभा सभापति जितराज राना, क्षेत्रीय सदस्य दीपक मल्ल, पुर्व क्षेत्रीय सहसचिव पुर्णचन्द्र घिमिरे, म्याग्दे सचिव सुन्दरमणि अधिकारी, म्याग्दे काङ्ग्रेस सहसचिव सुरजथापा लगायतले स्वागत गरेका थिए ।


वडा सभापति डिलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रम पछि भविस्वर थापाको अध्यक्षतामा १५ सदस्यीय टोल कार्य समिति समेत गठन गरिएको बताइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी