ओसेनियाका समस्या बेग्लै छन्, मसँग समाधान गर्ने सूत्र छः जोशी

  • ख-
  • ख+

सिड्नीः अष्ट्रेलियाका एनआरएनए अभियन्ता दिनेशराज जोशीले आसन्न गैर आवासिय नेपाली संघको आसन्न निर्वाचनमा ओसेनिया संयोजकका लागि उम्मेदवारी दिएका छन् । अष्ट्रेलियामा नेपाली जनसम्पर्क समितिका संस्थापक तथा विभिन्न समय एनआरएनएको नेतृत्वमा रहेर काम गरिसकेका जोशीले यसपाली ओसेनिया क्षेत्रको संयोजकका रुपमा उम्मेदवारी दिएका हुन् ।

तनहुँ भानुका जोशीकै नेतृत्वमा अष्ट्रेलियामा एनआरएनएलगायतका धेरै सामाजिक संस्था अघि बढेका थिए ।

दुई दशक अघि संस्था चलाउनु गाह्रो काम थियो, जोशीले भने, अहिले धेरै राम्रो अवस्थामा संस्था अघि बढ्ने ठाउँमा आइपुगेको छ । उनले लामो समयको अनुभव र धेरै सदस्यको चाहनाका कारण आफू उम्मेदवारी दिएको बताए । सबैले तपाईंको अनुभव यस संस्थालाई दिनुपर्छ भनेकाले म दोश्रो पटक दौडमा उत्रेको हुँ, उनले भने ।

ओसेनिया क्षेत्रका समस्या फरक छन्, जोशी भन्छन्, ‘विद्यार्थी भिसामा आउने विद्यार्थी देखि विभिन्न रुपमा आएका नेपालीका आफ्नै समस्या समाधान गर्न अनुभव र सञ्जाल चाहिन्छ । त्यो मसँग छ ।’

जोशीले अन्यत्र फरक राजनीतिक आस्था भए पनि एनआरएनएमा त्यो हुन नहुने भन्दै आफूले संस्थामा दलगत राजनीति भन्दा संस्थागत एजेण्डा लिएर अघि बढेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी