‘असल बुहारी’लाई म्याग्देको सम्मान

  • ख-
  • ख+

म्याग्दे: ११२ औं अन्तर्रास्ट्रिय श्रमिक महिला दिवसको अवसरमा तनहुँको म्याग्दे गाउँपालिकाले उत्कृष्ट बुहारी सम्मान कार्यक्रम गरेको छ । वृद्धावस्थामा पुगेपछि घरमा हेला गर्ने क्रम बढेको भन्दै असल व्यवहार गर्ने गाउँपालिका भित्रका तीन बुहारीलाई सम्मान गरेर असल व्यबहार देखाउन सकारात्मक सन्देश दिने उद्धेश्यले सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताए ।

सम्मानित बुहारी म्याग्दे ७ कि नन्दुमाया थापा र म्याग्दे ४ कि चन्द्रकुमारी कुमालले अशक्त अवस्थामा रहेका एकल पुरूष ससुरा बुवालाई झण्डै १ दशक देखि स्याहारसुसार गर्दै आएकी थिइन् ।

यसैगरी, म्याग्दे ७ कि उमा सेनलाइ पनि उत्कृष्ट बुहारी सम्मान गरिएको छ । सेनले बिरामि भइ ५ बर्षदेखि ओछ्यानमा थलिएकी सासू आमा कृष्ण कुमारी सेनलाई माया ममताका साथ पाल्दै आएकी थिइन् । महिला दिवसको दिन गाउँपालिकाबाट पुरस्कृत एवम् सम्मानित भए पछि सेनले यो सम्मानले अझै जिम्मेवारी बढाएको बताइन् ।

घरको सदस्यको हेरचाह गर्दा गाउँपालिकाले उच्च मुल्यांकन गरेको हुँदा ज्यादै खुसी लागेको सेनले बताइन् । कार्यक्रममा अध्यक्षसँग सुत्केरी कार्यक्रम अन्तर्गत ५० जना सुत्केरी महिला लाई पोसण भत्ता बापत रू ३ हजारका दरले वितरण गरेको स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले बताए ।

यस्तै, गाउँपालिकाका उत्कृष्ट स्वयंसेविका हरू वडा नं १ की विष्णुमाया थापा , वडा नं ४ कि रिता राना र वडा नं ७ कि गंगादेवी श्रेष्ठलाई गाउँपालिकाले सम्मान गरेको छ । यस्तै, उत्कृष्ट नर्सिङ सेवामा नर्सिङ इन्चार्ज पार्वती श्रेष्ठ लाई सम्मान गरिएको छ ।

विभिन्न बिधामा सम्मान गर्ने क्रममा एसइइ मा उत्कृष्ट अंक ल्याउने महेन्द्र माविकी छात्रा मोनिका सुनार , मीन माविकी सपना परियार, दिपिका श्रेष्ठ , कमला श्रेष्ठ र कलाकार अरूणा गन्दर्भ लाई सम्मान गरेको छ ।

यस्तै वडा नं ५ कि सचिव मिरा अधिकारीलाई उत्कृष्ट कर्मचारीमा सम्मान गरिएको गाउँपालिकाकी महिला शाखा प्रमुख सारदा गैर्हे पौडेलले बताइन् ।

कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्लेले १ सय १२ बर्ष अगाडिको लामो आन्दोलन यता आजको दिनसम्ममा महिलाको पक्षमा धेरै उपलब्धि हासिल भएको बताए । नेपालको सन्दर्भमा पनि महिलाको सहभागीतामा ३३ प्रतिशत भन्दा बढि सहभागीता अनिवार्य हुनुले महिला पुरूष समान अवस्थामा जाँदै गरेको काफ्लेको भनाइ थियो ।

‘सर्वोच्च अदालतको न्यायाधीश महिला हुनु , राष्ट्रपति महिला हुनु , सभामुख महिला हुनु , निजामती प्रशासनमा २६ प्रतिशत महिला हुनु , महिलाले जहाज उडाउनु , जनप्रतिनिधिमा महिला , शिक्षाको क्षेत्रमा धेरै छात्राहरूको सहभागीता , खेलकुदको क्षेत्रमा महिला , लोकसेवा आयोग लगायतमा महिला नेतृत्व तहमा आउन सक्नु नैं महिला अब्बल भएको प्रमाणित हुनु हो,’ काफ्लेले भने ।

गाउँपालिकाअध्यक्ष मायादेवी रानाले महिला दिवसको दिन बिशेश र महत्त्वपूर्ण रहेको बताइन् । ‘हामीले महिला अधिकारको लागि धेरै लड्यौं , जेलनेल खायौं अनि बल्ल सफल भयौं अध्यक्ष रानाले भनिन् , त्यसैको परिणाम आज गर्वका साथ दिवस मनाउन पाएका छौं ।’

अध्यक्ष रानाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे , म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारी , वडा नं ६ का अध्यक्ष बसन थापा , कार्यपालिका सदस्य बद्रीका भट्टराई, काङ्ग्रेसका रामभक्त घिमिरे , एमाओबादिका बालकुमार श्रेष्ठ , राप्रपाका सीता थापा, रत्ना घिमिरे , रामकुमारी केसी, सीता घिमिरे , सहकारीका कमला खनाल , नरमाया आले , चन्द्रमणि अधिकारी , चिनिमाया थापा , सरस्वती वाग्ले, फुलमाया नेपाली लगायतका वक्ताले सुभकामना मन्तब्य राखेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी