संस्थागत स्वमुल्याङ्कनमा म्याग्दे तनहुँमै प्रथम

  • ख-
  • ख+

विकास खनाल
म्याग्देः
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन नतिजामा तनहुँको म्याग्दे गाउँपालिका तनहुँमै प्रथम भएको छ । गाउँपालिकाले जिल्लाका १० वटा स्थानीय तहहरुमध्ये सर्वाधिक ९१ .५ प्रतिशत अङ्क प्राप्त गरी प्रथम हुन सफल भएको प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुको संस्थागत क्षमता मूल्याङ्कनका लागि दश विषयगत क्षेत्रमा तीन अवस्था विभाजन गरी उक्त नतिजा सार्वजनिक गर्ने गरेको छ ।
‘हामी पोहोर पनि प्रथम भएका थियौं, अहिले पनि उस्तै नतिजा आयो, यसमा सघाउने जनप्रतिनिधि लगायत सघाउने सबैप्रति आभार प्रकट गर्दछु,’

केमा कति अंक

गत आर्थिक वर्षमा म्याग्देले शासकीय प्रवन्धमा कुल अङ्क ९ मा प्राप्ताङ्क ९, संगठन तथा प्रशासनमा कुल ८ मा ८, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा कुल ११ मा ११ , वित्तीय तथा आर्थिक व्यवस्थापनमा कुल ११ मा ११ अंक पाएको छ ।
यसैगरी, सेवा प्रवाहमा १६ मा १६ , न्यायिक कार्यसम्पादनमा ७ मा ७ , भौतिक पूर्वाधारमा १३ मा ९.५ ,सामाजिक समबेशिकरणमा १० मा १० , वातावरण संरक्षण एवम् विपद् ब्यबस्थापनमा ९ मा ७ अंक पाएको छ ।
म्याग्देले सहकार्य र समन्वयमा ६ मा ३ गरि कुल १ सयमा ९१ .५ प्रतिशत अंक प्राप्त गरी प्रथम हुन सफल भएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।
‘कार्य प्रगतिका आधारमा स्थानीय तहले अनलाइनमै सूचक अङ्क आवश्यक कागजात र प्रमाण पेश गरी दाबी गर्ने व्यवस्था अनुसार हामीले पेश गरेका थियौं, जसमा प्रथम हुन सफल भयौं ’, अधिकारीले भने । कर्मचारीको क्षमता अनुसार कामको जिम्मेवारी दिने र सही समयमा परिणाममूखी काम लगाएको कारण सफलता हात परेको म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले बताइन् ।

‘हामी निरन्तर काममा लागिरहेका छौँ, बाहिर हल्ला र भाषण भन्दा पनि कामलाई प्राथमिकता दिएका छौं,’ उनले भनिन् । उनले यसमा जनप्रतिनिधि, कर्मचारी सबैको भूमिका रहेको बताइन् । सबैको साथले नैं हामी लगातार २ वर्ष प्रथम भएका हौँ , यसले हामीलाई काम गर्न अझै हौसला बढाएको छ रानाले भनिन् ।
कार्यविधि अनुसार उत्कृष्ट नम्बर प्राप्त गर्न सफल भएको गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए ।
निकै खुशी र प्रफुल्ल देखिएकी राना तनहुँको १० स्थानीय तहमध्ये महिलाले नेतृत्व गरेको एक मात्रै महिला हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी