दुर्घटनामा आधा हर नचल्ने थापालाई वरल्डलिंकको फ्रि वाइफाइ

  • ख-
  • ख+

विकास खनाल
म्याग्दे: झण्डै ५ वर्ष अगाडि ट्याक्टर पल्टिँदा चेपिएर कम्मर मुनिकाे आधा हरै चल्न छाडे पछि म्याग्दे ४ चोक्रेका इमबहादुर थापालाई जीवन नै अंध्यारो लाग्न थाल्यो ।


केही काम गर्न त परै जाओस् हिंडडुल गर्न पनि नमिले पछि कुञ्जिएर बस्न बाध्य उनलाई समय कटाउन पनि गाह्रो थियो ।
तर अब भने उनलाई केही सहज भएको छ । घरमै बसेर उनी वरपर र संसार बुझ्न सक्ने भएका छन् ।


वरल्डलिंक दमौलीले काेठा भित्रै समय बिताउन बाध्य थापालाई सहज हाेस भनेर नि:शुल्क इन्टरनेट प्रदान गरेको छ ।
शाखा प्रवन्धक मनाेजकुमार मल्लले अवस्था कठिन भएको थाहा पाए पछि सामाजिक उत्तरदायित्व अन्तर्गत सुविधा प्रदान गरिएको दमौली न्यूजलाई बताए ।


अब थापाले हिंडडुल नसके पनि इन्टरनेटकाे माध्यमबाट समाचार लगायतका गतिविधि हेर्न सक्ने भएकाे म्याग्दे ४ का वडा सदस्य दिपक श्रेष्ठले बताए । थापाकाे घरमा इन्टरनेट जडानकाे लागि सदस्य श्रेष्ठले पहल गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी