म्याग्देमा नेपालकै ‘दाेस्राे अग्लाे’ शिवको मूर्ति

  • ख-
  • ख+


विकास खनाल
म्याग्दे: म्याग्दे गाउँपालिका वडा नँ २ स्थित काफ्लेथाेकमा नेपालकै दाेस्राे अग्लो भगवान् शिवकाे मूर्ति उद्घाटन भएको छ । शिवरात्रिकाे अवसर पारेर म्याग्दे गाउँपालिकाकि अध्यक्ष मायादेवी रानाले मूर्तिकाे उद्घाटन गरेेेकी हुन् । मूर्ति उद्घाटन गर्दै अध्यक्ष रानाले मुर्ति निर्माणले पर्यटकको आगमन बढ्ने बताइन् ।

शिवकाे मुर्ति स्थापनाले म्याग्देकाे गरिमा बढाउने र म्याग्देलाई चिनाउन थप मद्दत गर्ने रानाको भनाइ थियो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले मुर्ति निर्माण पश्चात् पाेखराकाे पुम्दिमा जसरी मानिसको जिवनस्तर उकासिने विश्वास लिएको बताए ।

कार्यक्रममा श्रीप्रसाद श्रेष्ठ , मुरलिमाेहन काफ्ले , चन्द्रबहादुर रानाभाट , मनिराज थापा , शम्भु बहादुर अधिकारी , रामबहादुर अधिकारी , रमेश काफ्ले लगायतका बक्ताहरूले मुर्ति स्थापनाले यस ठाउँको गरिमा बढ्दै जाने बताएका थिए ।
मुर्तिकार महेन्द्र पुन मगरले बनाएको भगवान शिवकाे १६ फिटकाे मुर्ति माछापुच्छ्रे ब्रिक फ्याक्ट्रि नजिकै राखिएको छ ।

जनहीत पिताम्वर सामुदायिक संस्थाकाे नाममा स्वर्गीय साेमनाथ काफ्ले भगवती काफ्लेकाे परिवारजन रमेश काफ्ले र दिनेश काफ्लेले उपलब्ध गराएको करिब ५ राेपनी जग्गामा मूर्ति राखिएको हाे ।
जग्गाको अहिले १ करोड भन्दा बढी मुल्य रहेको जग्गादाता रमेश काफ्लेले बताए । काफ्लेले धार्मिक र पर्यटकीय क्षेत्र काे रूपमा बिकास भइ यश ठाउँलाई चिनाउन सकियोस् भनेर जग्गा दान दिएको बताए । उक्त स्थानमा पार्क , गार्डन् , बृद्धाश्रम बनाउनकाे लागि डिपिअार तयार पारिएको छ ।

राधा मावि जामुनेमा लगाइएको महायज्ञमा श्रीराम प्रपन्नाचार्य ( ऋषि गुरु ) लाई दान दिएको जग्गा धेरै बर्ष सम्म प्रयाेगमा नअाएकाे र श्रीराम गुरूकै अवधारणा अनुसार मुर्ति स्थापना गरिएको जनहित पिताम्बर सामुदायिक संस्थाका अध्यक्ष सुर्यमाेहन काफ्लेले बताए ।
१५ लाख रूपया लागतमा बनेको मुर्तिकाे अहिले २ लाख ८० हजार पेश्कि दिएर ल्याइएको र बाँकी पैसा स्थानीय स्तरवाट संकलन गरि दिइने हाे अध्यक्ष काफ्लेले भने । मुर्ति राख्ने ठाउँमा साँडे २ लाख खर्च गरि तारबार लगाईएकाे छ । मुर्ति उद्घाटन सँगै अब काफलथाेकमा पर्यटकको चाप बढ्ने र भाइरल हुने स्थानीयले बताएका छन् ।

जनहीत पिताम्वर सामुदायिक संस्थाका अध्यक्ष सुर्यमाेहन काफ्लेको अध्यक्षतामा भएको कार्यक्रमकाे स्वागत छविलाल श्रेष्ठले र सञ्चालन शिक्षक महेन्द्र काफ्लेले गरेका थिए । कार्यक्रममा जग्गादाता काफ्ले परिवारलाई सम्मान गरिएको थियो । साथै धेरै दान दिने हर्कबहादुर गुरूङ , सुलाेचना काफ्ले , छविलाल श्रेष्ठ , भिमबहादुर खड्कि लगायतको परिवारलाई सम्मान गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी