विकास खनाल
दमौलीः दोस्रो व्यास नगर महिला हाफ म्याराथन यहि फागुन २४ गते र पाँचौं व्यास नगर अल्ट्रा म्याराथन प्रतियोगिता यहि फागुन २८ गते हुने भएको छ ।
नारि दिवसको अवसर पारेर दमौलीको व्यास गुफा देखि व्यास ११ को तनहुँसुर दरबार सम्म २१ किलोमिटर दूरीको महिला म्याराथन गर्ने निर्णय भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रकार सम्मेलनमा बोल्दै व्यासनगर पालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले पर्यटकिय एतिहासिक क्षेत्रको पहिचान व्यास नगरपालिकाको अभियान नारा दिएर कार्यक्रम आयोजना गरिएको बताए ।
प्रतियोगितामा प्रथमलाइ नगद ४१ हजार ७८, द्वितिय
३१ हजार ७८ , तृतीय २१ हजार ७८ र सान्त्वना हुने ५ जनालाई ११ हजार ७८ प्रदान गरिने न्यौपानेले बताए । यस्तै पाचौं व्यास नगर अल्ट्रा म्याराथन फागुन २८ गते हुने भएको छ । हरेक वर्ष सहिद दिवसका दिन हुने म्याराथन यस वर्ष कोभिडका कारण रोकिएको थियो ।
मानुङकोट देखि व्यास ८ को पुलिमर्याङ सम्म हुने म्याराथनमा प्रथम , द्धितिय र तृतीय हुने लाई क्रमश ८५ हजार ७८ , ६५ हजार ७८ , ५५ हजार ७८ र सान्त्वना पुरस्कार ५ जनालाई जनही १६ हजार ७८ रहेको प्रमुख न्यौपानेले जानकारी दिए ।
व्यास नगर खेलकुद समितिका अध्यक्ष एवम् वडा नं ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा व्यास नगरपालिकाकी उपप्रमुख मिरा जोशीले पुरूषको अल्ट्रा म्याराथन हुने तर महिलाको नहुने गर्दा महिलामा हामी के कम छौं र ? भन्ने मनोभावना देखिएको हुँदा महिला पुरूष बराबर हो भन्ने शन्देस दिन पनि महिला दौड आयोजना गरिएको बताइन् ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देल , वडा नं २ का अध्यक्ष काशीराम श्रेष्ठ , प्रेमकुमार श्रेष्ठ , खरसिंह दरै ओजराज पौडेल तथा पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्ज्वल पौडेल लगायतको उपस्थिति रहेको थियो ।