एमसीसी संसदमा टेबल, फागुन १२ मा छलफल हुने

  • ख-
  • ख+

काठमाडौंः विभिन्न आशंकाकाबीच अमेरिकाले नेपाललाई दिने भनिएको एमसीसी सम्झौता संसदमा टेबल भएको छ ।

सदन अवरुद्ध गर्दै आएका एमाले सांसदको नाराबाजी र केही सांसदको विरोधकाबीच संसद बैठकमा सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्झौता टेबल गरेका हुन् ।

आईतबार विहान बसेको सत्तागठबन्धनको बैठकले सम्झौता संसदमा टेबल गर्न दिने निर्णय गरे पछि कार्य व्यवस्था परामर्श समिति बैठकले सम्झौतालाई कार्यसूचीमा राखेको थियो ।

अब आगामी फागुन १२ गते बस्ने संसद बैठकमा यस विषयमा छलफल हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी