एमसीसीविरुद्ध दमाैलीमा विप्लवको जुलुस

  • ख-
  • ख+

दमौली: एमसीसी सम्झौताविरुद्ध ५ वटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले अाव्हान गरेको नेपाल बन्द सफल बनाउन भन्दै दमाैली बजारमा नारा जुलुस सहित बजार परिक्रमा गरेको छ ।


मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी , नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालका कार्यकर्ताले बजार बन्द गर्न भन्दै परिक्रमा गरेका हुन् ।


नेपाल बन्दको समयमा दुध बोक्ने गाडी,एम्बुलेन्स, सुरक्षाकर्मी लगायतका साधनमा भने अवरोध नगर्ने नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य एवं व्यासनगर इन्चार्ज ओमविक्रम पन्तले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी